बुधबार, जेठ २१ गते २०८२    
बुधबार, जेठ २१ २०८२
images
images

सार्वजनिक सवारी अवरोधप्रति नाट्टाको गम्भीर चिन्ता, पर्यटकीय सवारी सञ्चालनमा अवरोध नगर्न आग्रह

images
सोमबार, जेठ १९ २०८२
images
images
सार्वजनिक सवारी अवरोधप्रति नाट्टाको गम्भीर चिन्ता, पर्यटकीय सवारी सञ्चालनमा अवरोध नगर्न आग्रह

नाट्टाले जारी गरेको वक्तव्यमा भनिएको छ, 'पर्यटकीय सवारीसाधनहरूलाई रोक लगाउनु, अवरोध गर्नु वा नियन्त्रण गर्नु समग्र पर्यटन व्यवसायप्रति पूर्णरूपमा नकारात्मक प्रभाव पर्ने कार्य हो।'

images
images

काठमाडौं- हाल देशका विभिन्न स्थानहरूमा सार्वजनिक सवारीसाधन अवरोध, हड्ताल र यातायात सेवा अवरुद्ध हुँदा पर्यटन क्षेत्रमा गम्भीर असर परेको भन्दै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले गम्भीर ध्यानाकर्षण गराएको छ।

images
images
images

विशेषगरी नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा लगायतका क्षेत्रहरूमा पर्यटकीय सवारीसाधन सञ्चालनमा देखिएको अवरोधप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नाट्टाले यस्ता गतिविधिले नेपालको पर्यटन उद्योगमा प्रतिकूल प्रभाव पारिरहेको बताएको छ।

images
images

नाट्टाले जारी गरेको वक्तव्यमा भनिएको छ, 'पर्यटकीय सवारीसाधनहरूलाई रोक लगाउनु, अवरोध गर्नु वा नियन्त्रण गर्नु समग्र पर्यटन व्यवसायप्रति पूर्णरूपमा नकारात्मक प्रभाव पर्ने कार्य हो।'

images
images
images

यस्ता घटनाले नेपाल भ्रमणमा रहेका विदेशीमात्र नभइ आन्तरिक पर्यटकहरूलाई समेत गन्तव्यमा पुग्न कठिन बनाइरहेको उल्लेख गर्दै नाट्टाले यसले यात्रुहरूमा भय, असुरक्षा र निराशाको भावना सिर्जना गरेको बताएको छ। साथै, यस्ता अवस्थाले नेपालप्रति अन्तर्राष्ट्रिय पर्यटन बजारमा नकारात्मक सन्देश प्रवाह गरिरहेको र दीर्घकालीन असर पर्न सक्ने खतरा रहेको समेत उल्लेख गरिएको छ।

'पर्यटन नै नेपालको समृद्धिको मेरुदण्ड हो भन्ने यथार्थलाई मनन गरी यसको संवर्द्धन गर्ने सबै सरोकारवाला निकायहरूको साझा दायित्व रहन्छ,' नाट्टाले भनेको छ।

यस्ता असहज अवस्थाको तत्काल समाधान खोज्न नाट्टाले नेपाल सरकार, गृह मन्त्रालय, पर्यटन मन्त्रालय, यातायात मन्त्रालय, प्रदेश सरकार, सुरक्षा निकायहरू र स्थानीय तहहरूलाई समन्वय गर्न आग्रह गरेको छ।

साथै, पर्यटनप्रति सकारात्मक दृष्टिकोण राख्दै पर्यटकीय सवारीसाधनहरूलाई स्वतन्त्र र सुरक्षितरुपमा सञ्चालन गर्न सबै सरोकारवालाहरूसँग सहयोग गर्न नाट्टाले अपिल गरेको छ।

नाट्टाले पर्यटन क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न हजारौँ श्रमिकहरूको रोजगारी सुरक्षित गर्न साझा उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा पनि जोड दिएको छ। सन् १९६६ मा स्थापना भएको नाट्टा हालसम्म देशको पर्यटन प्रवर्द्धनमा सक्रिय संस्थाको रूपमा परिचित छ।


प्रकाशित : सोमबार, जेठ १९ २०८२१५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend