काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ।
सोमबार अर्थ मन्त्रालयमा उनीहरुबीच भेट भएको अर्थमन्त्रीको निजी सचिवालयले जानकारी दिएको हो।
सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैठौं समीक्षाका विषयमा छलफल भएको छ।
साथै संरचनागत सुधार लगायतका विषयमा पनि छलफल भएको सचिवालयले जनाएकाे छ।