बुधबार, जेठ २१ गते २०८२    
बुधबार, जेठ २१ २०८२
images
images

यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

images
सोमबार, जेठ १९ २०८२
images
images
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

टरिगाउँ विमानस्थलमा यात्रुहरुको मागअनुसार अहिले हप्तामा पाँच दिन नै उडान भरेको निगमका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले जानकारी दिए। उनका अनुसार बुधबार र शनिबार बाहेक हप्ताका अन्य पाँच दिनमा उडान भइरहेको हो

images
images

तुलसीपुर- नेपाल वायु सेवा निगमले यात्रुहरुको मागका आधारमा तुलसीपुर-१२ स्थित टरिगाउँ विमानस्थलबाट उडान भर्न थालेको छ।

images
images
images

टरिगाउँ विमानस्थलमा यात्रुहरुको मागअनुसार अहिले हप्तामा पाँच दिन नै उडान भरेको निगमका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले जानकारी दिए। उनका अनुसार बुधबार र शनिबार बाहेक हप्ताका अन्य पाँच दिनमा उडान भइरहेको हो।

images
images

टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरु नेपालगञ्ज वा भैरहवा जानु पर्ने अवस्था थियो। विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन्। अहिले १९ सिटे जहाज मात्रै बस्ने गरेका छन्।

images
images
images

हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ। उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक-पटक उठ्ने गरेको छ। उक्त विमानस्थल २०११ सालमा बनेको हो। रासस 


प्रकाशित : सोमबार, जेठ १९ २०८२११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend