बुधबार, जेठ २१ गते २०८२    
बुधबार, जेठ २१ २०८२
images
images

हुम्लामा दुई वटा सबस्टेसन निर्माण तीव्र, दसैँसम्म बत्ती बाल्ने योजना

images
सोमबार, जेठ १९ २०८२
images
images
हुम्लामा दुई वटा सबस्टेसन निर्माण तीव्र, दसैँसम्म बत्ती बाल्ने योजना

हाल हुम्लामा दुई वटा ३३/३३ केभि क्षमताका सबस्टेशन बनिरहेका छन्। सदरमुकाम सिमकोटमा र अदानचुली गाउँपालिकाको कुम्णामा यी दुवै सबस्टेशन निर्माणधीन छन्। यी दुबै सबस्टेशन निर्माण सम्पन्न भएपछि यहाँका सात वटै गाउँपालिकामा विद्युत सेवा पुग्ने नेपाल विद्युत प्राधिकरण हिल्दुम विद्युत वितरण केन्द्र प्रमुख जितेन्द्र शाहले जानकारी दिए।

images
images

हुम्ला- हुम्लाको अदानचुली गाउँपालिका-१ कुम्णामा ३३ केभि प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण हुन लागेको छ। नेपाल विद्युत प्राधिकरणको लगानीमा उक्त सबस्टेसन निर्माण हुन लागेको हो। केन्द्रीय विद्युत प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो।

images
images
images

हाल हुम्लामा दुई वटा ३३/३३ केभि क्षमताका सबस्टेसन बनिरहेका छन्। सदरमुकाम सिमकोटमा र अदानचुली गाउँपालिकाको कुम्णामा यी दुवै सबस्टेसन निर्माणधीन छन्। यी दुबै सबस्टेसन निर्माण सम्पन्न भएपछि यहाँका सात वटै गाउँपालिकामा विद्युत सेवा पुग्ने नेपाल विद्युत प्राधिकरण हिल्दुम विद्युत वितरण केन्द्र प्रमुख जितेन्द्र शाहले जानकारी दिए।

images
images

‘प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत अभाव हुने छैन, यहाँ मात्र नभएर मुगु र बाजुराका स्थानीय तहमा पनि विद्युत विस्तार हुनेछ’ उनले भने। जिल्ला सदरमुकामस्थित हिल्दुम वितरण केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत पहुँच पुर्याए पनि अन्य गाउँपालिकामा अझै लघु जलविद्युतको भरमा गाउँले छन्।

images
images
images

जिल्लाको तल्लो क्षेत्रको ताँजाकोटमा कादुरी नामक संस्थाले लघु जलविद्युत उत्पादन गरी विद्युत वितरण गरेको छ भने अदानचुलीमा हाल स्थानीयस्तरमा उत्पादन भएका १०० किलोवाटका दुई वटा विद्युत आयोजना भएपनि पटकपटक बिग्रने गरेको छ। हाल कुकुर फाल्ना लघु जलविद्युत आयोजना मात्र सञ्चालनमा छ।

तर, सो विद्युत सबै वडामा नभई ४, ५ र ६ वडाका केही घरमा मात्र बलेको छ भने वडा नम्बर १, २ र ३ का लागि बनेको छहराखेत जलविद्युतको पावर हाउस गतवर्ष पहिरोले बगाउँदा पुनःनिर्माण हुन सकेको छैन।ती प्रसारण लाइनबाट गुणस्तरीय विद्युत आपूर्ति हुन नसकेपछि ३३ केभि प्रसारण लाइनका सबस्टेसन निर्माण गर्न लागिएको हो।

यसले विद्युत आपूर्ति नियमित हुने अपेक्षा गरिएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउँछन्। यतिबेला ३३ केभि सबस्टेसन बन्न सुरु गरेको छ भने यता सुदुरपश्चिम हुँदै ११ केभिको एलटीलाईन तान्ने काम भइरहेको निर्माणको जिम्मा लिएको न्यु स्मार्ट इलेक्ट्रीक एण्ड प्लम्बिङ सर्भिस प्रालिका सुनिल घिसिङले बताए।

उनका अनुसार बाजुराको मार्तडी सबस्टेसनबाट, कोल्टी, खत्त्याड हुँदै अदानचुली सबस्टेसनमा आउने भएकाले हाल तीन हजार वटा पोल गाड्ने काम भइरहेको र सकेसम्म दसैँमा विद्युत बाल्ने तयारी छ।हुम्लाको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन सदरमुकाम सिमकोट र अदानचुलीको कुम्णामा ३३ केभी सबस्टेसन र ११ केभीको लाइन तान्ने काम भइरहेको प्राधिकरण प्रमुख शाहले जानकारी दिए। 

हुम्ला र मुगुका चार सबस्टेसन निर्माण गर्ने ठेक्का हेन्स टिसी कम्पनीले लिएर काम गरिरहेको तुम्च सब स्टेशन कुम्णामा खटिएका इन्जिनियर योगेन्द्र रोकायाले जानकारी दिए। उनका अनुसार हाल मुगुको खत्याड र माङ्ग्रीमा, हुम्ला सदरमुकाम सिमकोट र अदानचुलीमा सबस्टेसन निर्माण भइरहेको छ। हाल ३३ केभीमा स्तरोन्नति भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख शम्भु कुसियत यादवले बताउँछन्।

राष्ट्रिय प्रसारण लाइन जोडिँदै 

वि.सं. २०८० भदौ २५ गते मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत पुगेको थियो। नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगु सदरमुकाम गमगढीसम्म विद्युत पुर्‍याएको थियो।

मुगुमा राष्ट्रिय ग्रीड पुगेपछि अब हुम्ला मात्र जोडिन बाँकी रहेकामा अबको केही महिनामा राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको हो। हुम्लामा राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन ठेक्का सम्झौता सम्पन्न भई हाल सदरमुकाम सिमकोट, जिल्लाको तल्लो क्षेत्र अदानचुलीको तुम्च र कुम्णामा सबस्टेसन निर्माण भइरहेको छ। रासस 


प्रकाशित : सोमबार, जेठ १९ २०८२१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend