मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

महिलालाई कृषि र पशुपालनमार्फत उद्यमसँग जोड्न बाख्रा उपहार

images
आइतबार, जेठ १८ २०८२
images
images
महिलालाई कृषि र पशुपालनमार्फत उद्यमसँग जोड्न बाख्रा उपहार

गाउँपालिका र हेफर संस्थाको सहकार्यमा महिलालाई दुई सय ४० वटा बाख्रा वितरण गरिएको छ। दुई वर्षदेखि गाउँपालिका र हेफरले काठेखोलाका महिलालाई समूहमार्फत उत्पादनसँग जोड्दै आएको हो।

images
images

बागलुङ- काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ। ग्रामीण क्षेत्रका महिलालाई कृषि र पशुपालनमार्फत उद्यमसँग जोड्नका लागि बाख्रा उपहार दिएको हो।

images
images
images

गाउँपालिका र हेफर संस्थाको सहकार्यमा महिलालाई दुई सय ४० वटा बाख्रा वितरण गरिएको छ। दुई वर्षदेखि गाउँपालिका र हेफरले काठेखोलाका महिलालाई समूहमार्फत उत्पादनसँग जोड्दै आएको हो।

images
images

गाउँपालिकाले आठवटै वडाका महिलालाई बाख्रा उपहार दिइरहेको छ। यसै साता मात्र काठेखोला-७ रेशमा रहेका संघर्षशील, शुभलक्ष्मी र उद्यमी स्वावलम्बी महिला समूहले उपहार समूहमा आबद्व संघर्षशील, सयपत्री, सुसेली, लगनशील, सूर्यमुखी र शुभलक्ष्मी महिला समूहमा आबद्व सदस्यलाई ५० वटा बाख्रा वितरण गरिएको छ।

images
images
images

बाख्रा उपहार पाएपछि महिला खुसी भएका छन्। स्थानीय सीमादेवी थापाका अनुसार बाख्रापालनले जीविकोपार्जनमा सहज भएको छ। पछिल्लो समय गाउँमा बसाइँसराइले गर्दा खेतीयोग्य जमिन बाँझो बन्दै गएको भन्दै बाख्रापालनका लागि पर्याप्त घाँस छ। उपहार पाएको एउटा बाख्राबाट बढेर दर्जन पुग्न थालेकाले त्यसले घर खर्च चल्नुका साथै परिवार सहज रूपमा चलेको छ।

‘गाउँपालिका र हेफर संस्थाले हाम्रा लागि निकै राम्रो काम गर्यो, पहिले बाख्रापालन गर्ने चलन कम थियो, अहिले गाउँमा धेरैले बाख्रा पाल्न थालेका छन्, प्रत्येक घरमा एकदुईवटा बाख्रा देखिन्छन्’ उनी भन्छिन्, ‘अप्ठ्यारो परेका बेला एउटा बाख्राको पाठो बेचेर भए पनि गर्जो टर्छ, पहिले दुईचार हजार रुपैयाँ आवश्यक पर्दा ऋण गर्नुपर्थ्याे, अहिले एउटा पाठो बेचे आउँछ।’

काठेखोला गाउँपालिकामा उत्पादन भएका खसीबोकाले बागलुङ बजारमा मासु आपूर्ति हुँदै आएको छ। वडा नम्बर-४ स्थित महिला समूहले हरेक वर्ष लाखौँको खसीबोका बिक्री गर्दै आएका छन्। बिहुँ, लेखानी, रेश, तङ्ग्रामलगायत गाउँका किसानले उत्पादन गरेको तरकारी र दूधले समेत बागलुङ बजारमा स्थान पाएका छन्। यद्यपि उचित मूल्य नपाएको गुनासो भने किसानकाे छ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बढ्दो बसाइँसराइ रोक्नका लागि आफूहरूले नागरिकलाई आयआर्जनसँग जोड्ने खालका कार्यक्रम सञ्चालन गर्दै आएको बताए। तीन सय ६० वटा बाख्रा वितरण गर्ने लक्ष्य रहेकामा हालसम्म दुई सय ४० मात्र वितरण गरिएको उनकाे भनाइ छ। रासस


प्रकाशित : आइतबार, जेठ १८ २०८२११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend