मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

भक्तजनको सहजताका लागि मुक्तिनाथमा दुईतर्फ पदमार्ग निर्माण

images
आइतबार, जेठ १८ २०८२
images
images
भक्तजनको सहजताका लागि मुक्तिनाथमा दुईतर्फ पदमार्ग निर्माण

आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सालबसाली ठेक्काअन्तर्गत मुक्तिनाथ धामको दुई स्थानमा अलगअलग पदमार्गको ठेक्का सम्झौता भई निर्माणकार्य अन्तिम चरणमा पुगेको डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीले जानकारी दिए।

images
images

मुस्ताङ- मुक्तिनाथ धामको दुई स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथ धामको पुराङ रानीपौवा बजार क्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटोमा डिभिजन सडक कार्यालय बाग्लुङमार्फत पदमार्ग निर्माणको ठेक्का सम्झौता भएको हो।

images
images
images

आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सालबसाली ठेक्काअन्तर्गत मुक्तिनाथ धामको दुई स्थानमा अलगअलग पदमार्गको ठेक्का सम्झौता भई निर्माणकार्य अन्तिम चरणमा पुगेको डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीले जानकारी दिए।

images
images

यसका लागि मुक्तिनाथ रानीपौवा बजारमा एक करोड रुपैयाँ र मुक्तिनाथ ज्वालामाई गुम्बा जाने पदमार्गमा एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षको असारभित्रै सम्पन्न गर्नेगरी मुक्तिनाथ रानीपौवा बजार क्षेत्रमा नाली तथा फुटपाथ निर्माण गरेर छप्पनी ढुंगा बिच्छ्याउने गरी पदमार्ग निर्माण गर्न दुईभाइ निर्माण सेवा काठमाडौंले ठेक्का सम्झौता गरेको थियो।

images
images
images

मुक्तिनाथ बसपार्क नजिकैबाट मुक्तिनाथ जाने रानीपौवा बजार क्षेत्रमा दुई सय मिटर दूरीमा छप्पनी ढुंगा बिछ्याउने काम भइरहेको इन्जिनियर भण्डारी बताउँछन्। भक्तजनको सहजता र रानीपौवा बजारको सौन्र्दयीकरणका लागि नाली र फुटपाथसहित ८ मिटर चौडा पदमार्ग निर्माण भइरहेको इन्जिनियर भण्डारीले जानकारी दिए।

रानीपौवा बजार क्षेत्रमा चार मिटर चौडामा छप्पनी ढुंगा बिछ्याएर पदमार्ग स्तरोन्नति गरिने उनकाे भनाइ छ। रानीपौवामा छप्पनी ढुंगा बिछ्याएर पदमार्ग निर्माणको पछिल्लो भौतिक प्रगति ४५ प्रतिशत पुगेको छ।यसैगरी मुक्तिनाथ धामको मुख्य प्रवेशद्वारबाट ज्वालामाईसम्म रेलिङसहितको आरसिसी सिँढी बाटो निर्माणको जिम्मा पिके कन्ट्रक्सनले लिएको छ।

त्यहाँ तीन सय ५० मिटर दूरीमा दुई दशमलव एक मिटर चौडा रेलिङसहितको आरसिसी सिँढी बाटो निर्माण भइरहेको छ। ज्वालामाईसम्म रेलिङसहितको सिँढी बाटो पदमार्गको पछिल्लो भौतिक प्रगति ८० प्रतिशत पुगेको डिभिजन सडक कार्यालय बागलुङले जनाएको छ। रासस 


प्रकाशित : आइतबार, जेठ १८ २०८२१०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend