मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

पाखैभरि तामा खनेका सुरुङ, सरकारलाई कर तिर्न नसक्दा उत्खनन् हुन सकेन

images
आइतबार, जेठ १८ २०८२
images
images
पाखैभरि तामा खनेका सुरुङ, सरकारलाई कर तिर्न नसक्दा उत्खनन् हुन सकेन

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी छन्। धातुजन्य खानीसँगै जिल्लामा प्रशस्त मात्रामा ढुंगाखानी पनि छन्। ढुंगाखानी केही स्थानमा उत्खनन् हुने गरे पनि फलाम तथा तामाखानी अहिलेसम्म उत्खनन् हुनसकेका छैनन्।

images
images

बागलुङ- नेपालकै २२ ठूला परम्परागत खानीमध्येको एक हो जैमिनी नगरपालिका-१० राङ्खानी। तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ रहेको राङ्खानी क्षेत्र उत्खननको पर्खाइमा रहेको छ। केही सुरुङमार्ग संरक्षणको अभावमा पुरिएका छन् भने पहिरोले क्षतिसमेत पुर्‍याएकाे छ।

images
images
images

तामा निकाल्ने धेरैले ज्यान गुमाउँथ्ये। पछिल्लो समय यस्तो देख्न पाइएको छैन। जैमिनी-१० राङ्खानीका ९५ वर्षीय बमबहादुर श्रीस घर नजिकैको पाखोबाट आफ्ना बाबुबाजेले तामाको धाउ निकालेको बताउँछन्।

images
images

‘बाजेले तामाको धाउ निकालेर बिक्री गरेर जीविकोपार्जन गर्नुभएको थियो, पछि तामाको धाउमा कर बढी लगाएपछि खानी बन्द भएको हो’ उनले भने। पाखैभरि तामा खनेका चारदेखि ५० मिटरसम्मका सुरुङ अझै छन्।

images
images
images

श्रीसलाई सुरुङमा हिँडेकाे अझै याद छ। तर, अहिले कतिपय सुरुङ मेटिन थालेका छन्, पहिराले पुरिएको अवस्था छ। उत्खननमा सरकारले जोड दिनुपर्ने अवस्था छ। बागलुङको राङ्खानी क्षेत्रमा तामाखानीका थुप्रै सुरुङका प्वाल छन्। जसमध्ये केही सुरुङका प्वाल मेटिन थालेका छन्।

राङ्खानीको डाँडाखानीलगायत क्षेत्रमा एक सय २० वर्षभन्दा अघिसम्म उत्खनन् गरिएका तामाखानी यतिबेला पुरिने अवस्थामा पुगेका छन्। राज्यलाई कर तिर्न नसकेका कारण उत्खनन् बन्द भएका तामाखानी अझै सञ्चालनमा आउन सकेका छैनन्। तामाखानीबाट राज्यलाई १४ धार्नी कर बुझाउन नसक्दा बन्द भएको स्थानीय बमबहादुर श्रीसले जानकारी दिए।

स्रोतको अभावका कारण कर बुझाउन नसकेर बन्द भएको आफूले सुनेको उनकाे भनाइ छ। अहिले पनि तामाका अवशेष रहेकाले यहाँको सम्भाव्यता अध्ययन गरेर खानी सञ्चालनमा ल्याउनुपर्ने स्थानीयबासीको माग छ। खानी सञ्चालनमा ल्याउँदा स्थानीय सरकार र स्थानीयको आयआर्जन बढ्ने सम्भावना हुन्छ।

खानीबाट स्थानीयबासीले आफ्नै सीप र प्रविधिको प्रयोगबाट सानो मात्रामा तामा निकाल्ने गरेकामा पछिल्लो प्रविधिको विकासले ठूलो मात्रमा तामाखानी निकाल्न सकिने स्थानीय लालबहादुर पुनले बताउँछन्। यहाँका खानीमा अन्य जिल्लाका मजदुरसमेत आएर काम गर्ने गरेकाले ठूलो मात्रमा तामा रहेको अनुमान गरिएको छ। 

खानी सञ्चालन र उत्खननको अधिकार स्थानीय सरकारलाई नभएकाले स‌ंघीय सरकारले पहलकदमी गर्नुपर्ने वडाध्यक्ष श्रीप्रसाद थापा बताउँछन्। दमेक र राङ्खानी क्षेत्रमा खानीको जैमिनी नगरपालिकाले सम्भाव्यता अध्ययन गरिरहेको उनले बताए।

तामा उत्पादनका लागि निकालिएको धाउलाई स्थानीय भाषामा राङ भन्ने चलन भएकाले राङको खानी भएकाले तत्कालीन राजा रजौटाले यस ठाउँको नाम नै राङ्खानी राखिएको भन्ने चलन छ। तमानखोला गाउँपालिका, बागलुङ र जैमिनी नगरपालिकाभित्रको खानी उत्खननका लागि सम्भाव्यता अध्ययन गर्न खानी तथा भूगर्भ विभागबाट अनुमतिप्राप्त भए पनि एकिन तथ्यांक आउन सकेको छैन।

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी छन्। धातुजन्य खानीसँगै जिल्लामा प्रशस्त मात्रामा ढुंगाखानी पनि छन्। ढुंगाखानी केही स्थानमा उत्खनन् हुने गरे पनि फलाम तथा तामाखानी अहिलेसम्म उत्खनन् हुनसकेका छैनन्। रासस 


प्रकाशित : आइतबार, जेठ १८ २०८२१०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend