सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

स्थानीय तहको सक्रियता : बाँझो जमिन सदुपयोग, केराखेतीबाट आम्दानी

images
शनिबार, जेठ १७ २०८२
images
images
स्थानीय तहको सक्रियता : बाँझो जमिन सदुपयोग, केराखेतीबाट आम्दानी

त्यसका लागि चालु आर्थिक वर्षमा ‘सेरा जाउँ, केरा खाउँ’ नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। उक्त कार्यक्रममार्फत १२ लाख रुपैयाँ लागतमा १४० रोपनी जग्गामा तीन हजार पाँच सय केराका बिरुवा लगाउने लक्ष्य छ। सोअनुसार ७० प्रतिशत प्रगति भइसकेको वडा नम्बर १ का अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए।

images
images

बागलुङ- बागलुङको दक्षिण भेगमा रहेको जैमिनी नगरपालिकाको कुश्मिसेरा क्षेत्र केराखेतीले प्रसिद्ध छ। हाल जिल्लाका बजारमा यही क्षेत्रको अधिकांश केरा आउने गरेको बताइन्छ। नगरपालिकाले कुश्मिसेरा क्षेत्रलाई केराको हब बनाउने उद्देश्यसहित बाँझो जग्गा उपयोगको नीति लिएको छ।

images
images
images

त्यसका लागि चालु आर्थिक वर्षमा ‘सेरा जाउँ, केरा खाउँ’ नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। उक्त कार्यक्रममार्फत १२ लाख रुपैयाँ लागतमा १४० रोपनी जग्गामा तीन हजार पाँच सय केराका बिरुवा लगाउने लक्ष्य छ। सोअनुसार ७० प्रतिशत प्रगति भइसकेको वडा नम्बर १ का अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए।

images
images

हाल वडा नम्बर १ कुश्मिसेराको १४० रोपनी जग्गामा केराखेती विस्तारको काम भइरहेको छ। कुश्मिसेरामा उत्पादन हुँदै आएका स्थानीय जातको केरालाई नगरपालिकाले केरा पकेट क्षेत्रको रूपमा विकास गरेको वडाध्यक्ष आचार्यले बताए। कुश्मिसेराको फलाटे, भडारे र बिनामारेको केही स्थानमा धमाधम केराखेती विस्तार भइरहेको छ।

images
images
images

पछिल्लो समय केराबाट यहाँका किसानले लाभ उठाउँदै आएका छन्। ‘नगरपालिकाले यसमा प्रोत्साहन गर्दा बाँझो जग्गा सदुपयोग भएको छ, आगमी दिनमा केरा विस्तारको कार्यक्रम निरन्तर सञ्चालन गरिने छ’ वडा अध्यक्ष आचार्य भन्छन्, ‘धेरै मेहिनत गर्न नपर्ने तर नगद आम्दानी हुने भएकाले पनि यहाँका किसान यसतर्फ आकर्षित भइरहेका छन्। आर्थिक उपार्जन पनि राम्रै छ।’

स्थानीय मतिप्रसाद शर्माले यहाँ किसानले केराखेतीबाट वार्षिक लाखौँ रकम भित्र्याउँदै आएको बताए। काँचो केरालाई होलसेलमा प्रतिदर्जन ७० मा बिक्री भइरहेको उनले जानकारी दिए। पाँच रोपनी जग्गामा केराखेती गर्दै आएका शर्माले केरा पकटे क्षेत्र विस्तारअन्तर्गत तीन रोपनी जग्गामा केराखेती विस्तार गरेका छन्। 

‘फलाटे कृषक समूहअन्तर्गत अन्य किसानलाई केरा विस्तारमा सघाउँदै आएको छु। १२ लाख रुपैयाँबाट बिरुवा खरिद, खाल्टो खन्न र बिरुवा लगाउन ५० प्रतिशत सुविधा किसानलाई दिइएको छ’ शर्मा भन्छन्, ‘एउटा खाल्टो तयार गर्न रु एक सय ५०, बिरुवा खरिद गर्न रु ३० र रोप्न रु ३० निर्धारण गरिएको छ।’ यस्तै, सिँचाइ पूर्वाधारका लागि फलाटे कृषि समूहले ८५ प्रतिशत अनुदानमा सिँचाइको व्यवस्था मिलाएको छ।

स्थानीय जातको केराखेती विस्तार र सिँचाइ पूर्वाधारमा नगरपालिकाको १२ लाख रुपैयाँ लगानी भए पनि किसानको श्रमदान जोड्दा १८ लाख रुपैयाँ लागत पुगेको नगरपालिकाको कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिए।फलाटे, भडारा र साना किसान समूहमा विमानमारे एक सय ४० रोपनी क्षेत्रफलमा बाँझो जग्गा सदुपयोग गरेर केराखेती विस्तार भइरहेको उनले बताए।

‘केराखेती विस्तार गर्नेमा पहिलो चरणमा ५० भन्दा बढी किसान रहेका छन्। भाडारा, फलाटे, बिनामारे, वडारे, टार, टुनीवोट, खौरीकेस, मिरिघार र खौलालगायत गाउँमा खेराखेती विस्तार गरिएको छ’ सापकोटाले भन्छन्, समुन्द्री सतहबाट ६ सय मिटर मात्रै उचाइ रहेकाले जैमिनीघाट र कुश्मीसेरामा केराखेतीका लागि उपयुक्त हावापानी छ। वडा नम्बर १ का एक हजारभन्दा बढी किसानले व्यावसायिक केराखेती गरेका छन्।’

यहाँका किसानले ‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी ९’ जातका केराको व्यावसायिक उत्पादन गरिरहेका छन्। रासस


प्रकाशित : शनिबार, जेठ १७ २०८२१७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend