सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

images
शनिबार, जेठ १७ २०८२
images
images
वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

जबकी आव २०८०/८१ को बैशाख मसान्तसम्मको अवधिमा भने दुई अर्ब सात करोड मूल्य पर्ने एक हजार २६७ वटा जीप, कार र भ्यान सवारीसाधन आयात भएर भित्रिएका थिए। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्लो समय वीरगञ्जभन्दा मुलुकका अन्य नाकाबाट धेरै सवारीसाधन आयात हुने बताउँछन्।

images
images

पर्सा-  वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पाङ्ग्रे सवारीसाधनको आयात ह्वातै घटेको छ । चालु आवको बैशाखसम्म यो नाका हुँदै एक अर्ब ५३ करोड मूल्य पर्ने सात सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन्।

images
images
images

जबकी आव २०८०/८१ को बैशाख मसान्तसम्मको अवधिमा भने दुई अर्ब सात करोड मूल्य पर्ने एक हजार २६७ वटा जीप, कार र भ्यान सवारीसाधन आयात भएर भित्रिएका थिए। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्लो समय वीरगञ्जभन्दा मुलुकका अन्य नाकाबाट धेरै सवारीसाधन आयात हुने बताउँछन्। 

images
images

इन्धनबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनको आयात घटेसँगै कार्यालयले प्राप्त गर्ने राजस्वको रकममा पनि गिरावट देखिएको छ। चालु आवको १० महिनामा इन्धनबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनबाट चार अर्ब तीन करोड राजस्व संकलन भएको छ। तर, गत आवको सोही अवधिमा भने रु चार अर्ब ३९ करोड राजस्व संकलन भएको थियो।

images
images
images

चालु आवको १० महिनामा ट्रक, मिनि ट्रकको आयात पनि खुम्चिएको छ। सो अवधिमा ५३ करोड मूल्यका २३१ वटा ट्रक, मिनिट्रक आयात भएका छन्। जबकी गत आवको सोही अवधिमा भने दुई अर्ब १२ करोड मूल्य पर्ने ७६४ वटा ट्रक तथा मिनि ट्रक आयात भएको थियो।

चालु आवको १० महिनामा विद्युतबाट चल्ने जीप, कार र भ्यानको आयातमा पनि उच्च गिरावट देखिएको छ। सो अवधिमा ४२ करोड मूल्य पर्ने १७४ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ। जबकी गत आवको १० महिनामा भने ९५ करोड मूल्यका ४४८ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २६ थरिका साना/ठूला सवारीसाधन गरेर १८ अर्ब ५२ करोड मूल्यका दुई करोड १४ लाख ७५ हजार ४७१ वटा  सवारीसाधन आयात भएका छन्। ती सवारीसाधन आयात हुँदा कार्यालयले भने १५ अर्ब २४ करोड रुपैयाँ संकलन गरेको छ।

कार्यालयले गत आवको बैशाख मसान्तसम्मको अवधिमा १७ अर्ब ५ करोड मूल्यका २६ थरिका दुई करोड ७० लाख २२ हजार दुई सय २२ वटा सानारठूला सवारीसाधन आयात भएका छन्। ती सवारीसाधनको आयातबाट कार्यालयले  १३ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। रासस 


प्रकाशित : शनिबार, जेठ १७ २०८२१३:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend