शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

डुडुवाका किसानलाई अनुदानमा धानको बीउ वितरण

images
बुधबार, जेठ १४ २०८२
images
images
डुडुवाका किसानलाई अनुदानमा धानको बीउ वितरण

धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो।

images
images

बाँके- डुडुवा गाउँपालिकाले किसानलाई धानको बीउ वितरण सुरु गरेको छ। यस वर्षदेखि पालिका आफैले बीउ तयार गरेर वितरण सुरु गरेको हो। धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो। 

images
images
images

समूह र सहकारी गरी जम्मा १४ सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको बीउ बिक्री गरेको पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताए। उनका अनुसार एकसय २० क्वीन्टल उन्नत जातको र ८० क्वीन्टल मूल बीउ किसानलाई सहकारी समूहमार्फत अनुदानमा वितरण गरिएको हो।

images
images

८० क्विन्टल मूल बीउ लगाएपछि पालिकाले समय-समयमा प्राविधिकबाट परिक्षण गराइ उत्पादनका आधारमा थप मुल बीउ खरिद गरि प्रशोधन तथा भण्डारण गर्ने प्रमुख शर्माले बताए। धान खेतीका लागि २५ सय ८० हेक्टर क्षेत्रफल रहेको डुडुवामा यस वर्षको बीउले १४ सय हेक्टर क्षेत्रफललाई मात्र पुग्नेछ।

images
images
images

यस वर्षदेखि बीउ भण्डारण सुरु गरेको डुडुवाले विस्तारै बीउ उत्पादनमा जोड दिने पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। पहिलोपटक धानको बीउ तयार गरेको पालिकाले यसवर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ।

करिब दुईसय क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएकाले किसानको मागका आधारमा थप वृद्धि गर्दै जाने शाखा प्रमुख शर्माले बताए। उनले अहिले गहुँ बालीको प्राविधिकमार्फत ल्याब परिक्षण गर्ने कार्य भइरहेको बताए। किसानलाई पालिका आफैले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने, अन्यत्र खोज्न जान नपर्नेलगायत सुविधा भएको छ।

डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेकाले पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पुर्‍याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको अध्यक्ष चौधरीले बताए। उनले बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताए।

डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने कृषि शाखाले जनाएको छ। बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा-२ स्थित सात सय मेट्रिकटन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ। रासस


प्रकाशित : बुधबार, जेठ १४ २०८२१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend