बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

गण्डकी प्रदेशले ल्याएको यातायात नियमावली खारेज गर्न माग

images
मंगलबार, जेठ १३ २०८२
images
images
गण्डकी प्रदेशले ल्याएको यातायात नियमावली खारेज गर्न माग

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात व्यवसायीले राखेको माग सम्बोधन नगरे जेठ १९ गतेदेखि देशव्यापी अनिश्चितकालका लागि आफ्ना सवारीसाधन घर ग्यारेजमा थन्काइ आन्दोलन गर्ने बताए।

images
images

काठमाडौं- यातायात व्यवसायी तथा मजदुरले संघीय ऐनसँग बाझिने गरी गण्डकी प्रदेशले ल्याएको यातायात नियमावली खारेजीको माग गरेका छन्।

images
images
images

यातायात क्षेत्रमा क्रियाशील आठ व्यवसायी तथा मजदुर संस्थाले आज संयुक्तरुपमा पत्रकार सम्मेलन गरी सवारी ऐन, २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संघीय ऐनसँग बाझिने गरी गण्डकी प्रदेशले ल्याएको उक्त नियमावली खारेजीको माग गरेका हुन्।

images
images

पत्रकार सम्मेलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले गण्डकी प्रदेशले यही जेठ १ गते निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावलीको दफा २ को ‘ज’ तत्काल खारेज गर्न माग गरे।

images
images
images

उनले सर्वोच्च अदालतबाट संघ संस्था दर्ता ऐन, २०३४ मा रहेको संघ समिति नवीकरण सम्पत्ति फुकुवा परमादेशलाई तत्काल कार्यान्वयन गर्नसमेत सरकारसँग आग्रह गरे।

यातायात व्यवसायी तथा मजदुरले संशोधनको क्रममा रहेको सवारी ऐन २०४९ मा यातायात व्यवसायी तथा मजदुरसँग विगतमा भएका सम्झौता समेट्नुपर्ने, मालबाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारीसाधनको भारवहन क्षमता कडाइका साथ लागु गर्न माग गरेका छन्।

त्यसैगरी सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागु गर्नुपर्ने, बीमा दर निर्देशिका, २०७३ लाई समयअनुकूल संशोधन गरी दुर्घटना क्षतिपूर्ति तथा उद्धार, राहतका लागि दुर्घटना राहतकोषको स्थापना गर्नसमेत माग गरेका छन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात व्यवसायीले राखेको माग सम्बोधन नगरे जेठ १९ गतेदेखि देशव्यापी अनिश्चितकालका लागि आफ्ना सवारीसाधन घर ग्यारेजमा थन्काइ आन्दोलन गर्ने बताए। उनले निजी क्षेत्रलाई यात्रु ओसार्न दिने नियमले यातायात व्यवसायी समस्यामा परेको बताए। रासस


प्रकाशित : मंगलबार, जेठ १३ २०८२१८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend