शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

ट्रयाक खुलेको २२ वर्षपछि मजुवा-नेपाने सडक कालोपत्र

images
सोमबार, जेठ १२ २०८२
images
images
ट्रयाक खुलेको २२ वर्षपछि मजुवा-नेपाने सडक कालोपत्र

सडक खुलेको लामो समयसम्म स्तरोन्नति नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेका स्थानीय कालोपत्र भएपछि खुसी भएका छन्।

images
images

ढोरपाटन- बागलुङ गलकोट नगरपालिका-६ स्थित मजुवा-नेपाने सडक कालोपत्र गरिएको छ। ‘ट्रयाक’ खुलेको २२ वर्षपछि उक्त सडक कालोपत्र गरिएको हो। करिब आठ किलोमिटर लामो रहेको यो सडक विसं २०६० मा ‘ट्रयाक’ खुलेको थियो।

images
images
images

सडक खुलेको लामो समयसम्म स्तरोन्नति नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेका स्थानीय कालोपत्र भएपछि खुसी भएका छन्।

images
images

ग्रामीण क्षेत्रलाई बजारसँज जोड्नका लागि निर्माण भएको यस सडकले गलकोट नगरपालिकाको मजुवासहित कादेस, ठानालगायतका एक दर्जन गाउँबस्तीलाई जोडेको छ। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटले कालोपत्र गरिएको हो। पूर्वाधार विकास कार्यालय बागलुङमार्फत काम भइरहेको छ।

images
images
images

निर्माण कम्पनीले पहिलो चरणमा करिब दुई किलोमिटर सडक कालोपत्रका गर्नका लागि दुई करोड १३ लाख १४ हजार ७२६ रूपैयाँमा जिम्मा पाएको पूर्वाधार विकास कार्यालय बागलुङका इञ्जिनियर चन्द्र पुनले जानकारी दिए। उनका अनुसार हालसम्म ८० प्रतिशत काम सकिएको छ। सडक कालोपत्रका लागि एम/एस जेभीले जिम्मा पाएको उनको भनाइ छ।

विसं २०८१ जेठ १८ गते सडक निर्माणका लागि सम्झौता भएको पुनले बताए। अब काम गर्ने समयावधि आगामी असार १८ गतेसम्म रहेको उनको भनाइ छ। यस वर्ष नाली निर्माण, कालोपत्र तथा ढलानको काम भएको इञ्जिनियर पुन बताउँछन्। निर्माण कम्पनीले तीव्र गतिमा काम गरेको हुँदा समयमै सकिने सम्भावना रहेको उनले बताए।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले सडक खुलेको दुई दशकसम्म कालोपत्र नहुँदा नागरिकलाई यात्रा र सामान ढुवानी गर्न समस्या भएको बताए। नगरपालिकाको सडक कालोपत्रका लागि बजेट कम हुने हुँदा अहिलेसम्म गर्न नसकिएको उनको भनाइ छ। प्रदेश सरकारले गत वर्षदेखि चासो दिएर बजेट विनियोजन गरेपछि काम भएको भण्डारीले बताए।

प्रवक्ता भण्डारीले भने, 'यो सडकले गलकोटमा थुप्रै गाउँबस्तीलाई जोडेको छ, बर्खा लाग्ना साथ गाडी हिलोमा फस्ने हुँदा निकै सास्ती थियो, हिउँदमा धुलोले सडक छेउका घरहरु ढपक्कै ढाकिन्थे, अब त्यो समस्या समाधान हुने भयो, गाउँमा किसानले उत्पादन गरेका तरकारी तथा फलफूल पनि सहज रुपमा बजार ल्याउन सकिने भएको छ, यसबाट सबैभन्दा बढी किसान लाभान्वित हुने छन्।' रासस


प्रकाशित : सोमबार, जेठ १२ २०८२१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend