बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण

आइतबार, जेठ ११ २०८२
एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण

एनआईसी एसिया बैंकले मुलुकभर रहेका आफ्ना ३ सय ६० शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ।

काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय काठमाडौं-२८ कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालद्वारा शनिबार भवन उद्घाटन गरिएको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी यसअघि रहेको काठमाडौं-११ थापाथलीस्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरुको कार्यालयलगायत विभिन्न विभागहरु आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरु कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्नेगरी कर्पोरेट कार्यालय स्थानान्तरण भएको हो।

कार्यालय स्थानान्तरण भएसँगै ग्राहक तथा सरोकारवालाले उक्त स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरु थप सहजताका साथ प्राप्त गर्नसक्ने विश्वास बैंकले लिएको छ।

एनआईसी एसिया बैंकले मुलुकभर रहेका आफ्ना ३ सय ६० शाखा कार्यालयहरू, ६ सय ७० एटीएम, १ सय १६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।

साथै, बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत आफ्नो सेवा विस्तार गरेको जनाएको छ।


प्रकाशित : आइतबार, जेठ ११ २०८२१७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend