आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

९ अर्ब ५० करोडले गरे २०२४ मा हवाई यात्रा, यी हुन् १० व्यस्त एयरपोर्ट

images
आइतबार, जेठ ११ २०८२
images
९ अर्ब ५० करोडले गरे २०२४ मा हवाई यात्रा, यी हुन् १० व्यस्त एयरपोर्ट

विश्वका १० व्यस्त एयरपोर्टलले एक वर्षमा ८५ करोड ५० लाख यात्रुलाई हवाई यात्रा गराएको छ। यो विश्वको कुल यात्रुको ९ प्रतिशत हो। यो तथ्यांकले हवाई यात्रु कोरोना महामारीकालभन्दा अघिको संख्यालाई उछिनेको छ।

images
images

काठमाडौं- २०२४ मा विश्वभर ९ अर्ब ५० करोड यात्रुले हवाई यात्रा गरेका छन्। २०२१ को तुलनामा २०२५ विश्वभर हवाई यात्रा गर्नेको संख्या ५ अर्बले बढेको हो। 

images
images
images

छिटो र सहज रुपमा अन्तव्यमा पुगिने र तुलनात्मक रुपमा सुरक्षित मानिने भएकाले पनि विश्वभर हवाई यात्रा गर्नेको संख्या बढी रहेको छ। त्यस्तै विकाससिल देशका मानिसहरुको आयस्तर बढेकाले पनि हवाई यात्रु बढेका हुन्। 

images
images

हवाई यात्रु बढेसँगै विमानस्थलको चाप पनि बढ्दै गइरहेको छ। विश्वका १० व्यस्त एयरपोर्टलले एक वर्षमा ८५ करोड ५० लाख यात्रुलाई हवाई यात्रा गराएको छ। यो विश्वको कुल यात्रुको ९ प्रतिशत हो। यो तथ्यांकले हवाई यात्रु कोरोना महामारीकालभन्दा अघिको संख्यालाई उछिनेको छ। 

images
images

विश्वका १० सबैभन्दा व्यस्त एयरपोर्टबारे एयरपोर्टस काउन्सिल इन्टरनेसनलको तथ्यांकका आधारमा भिजुअल क्यापिटालिस्टले समाचार प्रकाशित गरेको छ। यसमा सबैभन्दा व्यस्त एयरपोर्टको पहिलो नम्बरमा अमेरिकाको एटलान्टा एयरपोर्ट रहेको छ। यो एयरपोर्टले २०२४ मा १० करोड ८० लाख यात्रुलाई हवाई यात्रा गराएको हो। 

दशौँ नम्बरमा चीनको सांघाई एयरपोर्ट रहेको छ। सांघाई एयरपोर्टले २०२४ मा ७ करोड ७० लाख यात्रुलाई यात्रा गराएको हो। १० व्यस्य एयरपोर्ट मध्ये १० वटा अमेरिकामा रहेका छन्। सबै एयरपोर्टको यात्रु संख्या वार्षिक रुपमा ३ देखि ४१ प्रतिशतसम्मले वृद्धि भएको तथ्यांक छ। 

१. एटलान्ट एयरपोर्ट(अमेरिका)- १० करोड ८० लाख यात्रु

२. दुबई एयरपोर्ट(युएई)- ९ करोड २० लाख यात्रु

३. डल्लास एयरपोर्ट(अमेरिका)- ८ करोड ८० लाख यात्रु

४. टोकियो(जापान)- ८ करोड ६० लाख यात्रु

५. लन्डन एयरपोर्ट (बेलायत)- ८ करोड ४० लाख यात्रु

६. डेनभर (अमेरिका)- ८ करोड ३० लाख यात्रु

७. स्तानबुल एयरपोर्ट (टर्की)- ८ करोड यात्रु

८. सिकागो एयरपोर्ट (अमेरिका)- ८ करोड यात्रु

९. नयाँ दिल्ली एयरपोर्ट (भारत)- ७ करोड ८० लाख यात्रु

१०. सांघाई पुडोङ एयरपोर्ट (चीन)- ७ करोड ७० लाख यात्रु

अमेरिकाको एटलान्टा एयरपोर्टले धेरै यात्रुलाई यात्रा सहजीकरण गराउनुमा यो आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रा गर्नेहरुको हबका रुपमा रहेको छ। विशेषगरी उत्तर अमेरिका, युरोप र ल्याटिन अमेरिका क्षेत्रमा उडान भर्ने विमानहरुको मुख्य केन्द्रका रुपमा रहेको छ। 

अर्को महत्वपूर्ण कुरा एटलान्टा एयरपोर्टबाट १ सय ५० वटाभन्दा बढी गन्तब्यमा सिधा उडान हुँदै आएको छ। 

दोस्रो स्थानमा रहेको दुबई इन्टरनेसनल एयरपोर्ट भएर विश्वभरका १ सय ६ वटा एयरलाइन्सले उडान भर्दै आएका छन्। पछिल्लो समय दुबई व्यवसाय र लगानीका लागि उर्भर भूमिका रुपमा उदियमान छ। 

चीनको सांघाई पुडोङ इन्टरनेसनल एयरपोर्ट पछिल्लो समयको सबैभन्दा उदियमान एयरपोर्टको रुपमा अगाडि आएको छ। २०२३ मा यो एयरपोर्ट धेरै यात्रुलाई सेवा दिनेमा २१औँ स्थानमा थियो। २०२४ मा २०२३ को तुलनामा यात्रु संख्या ४१ प्रतिशतले बढेर १०औँ स्थानमा आइपुगेको छ।

चीनको आर्थिक केन्द्रका रुपमा रहेको सांघाईमा रहेको एयरपोर्ट र चीनले भिसा नीतिमा ल्याएको खुलापन र अन्तर्राष्ट्रिय उडान संख्या थपिएकाले सांघाई एयरपोर्टबाट यात्रा गर्नेको संख्या उल्लेख्य रुपमा वृद्धि भएको हो। 


प्रकाशित : आइतबार, जेठ ११ २०८२१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend