शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

१० महिनामा आठ हजार बढी विपद्का घटना

images
शनिबार, जेठ १० २०८२
images
१० महिनामा आठ हजार बढी विपद्का घटना

उनका अनुसार गएको मनसुनमा धेरै विपद्जन्य घटना घटेको र मानवीय क्षतिसमेत भएको थियो। प्रवक्ता थापाले १० महिनामा विपद्का आठ हजार २८३ घटना घटेको बताए। ती घटनाहरुमा परेर एक हजार ५१८ घाइते भएका छन्।

images
images

काठमाडौं- पछिल्लो १० महिनामा औसतमा दैनिक २७ वटा विपद्का घटना घटेका छन्। ती घटनामा मृत्यु भएका ५८९ जनाको शव व्यवस्थापन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए।

images
images
images

उनका अनुसार गएको मनसुनमा धेरै विपद्जन्य घटना घटेको र मानवीय क्षतिसमेत भएको थियो। प्रवक्ता थापाले १० महिनामा विपद्का आठ हजार २८३ घटना घटेको बताए। ती घटनाहरुमा परेर एक हजार ५१८ घाइते भएका छन्।

images
images

कूल ३२ परिवार विस्थापित भएको उनकाे भनाइ छ। ती विपद्जन्य घटनाहरुमा ५३ हजार प्रहरी जनशक्ति परिचालन गरी खोजतलास, उद्धार, राहत तथा सुरक्षित स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

images
images

मनसुन प्रवेशको सँघारमा रहेकाले विपद् प्रतिकार्यका लागि प्रहरीले योजना निर्माण गरी आवश्यक तयारी गरिरहेको प्रवक्ता थापाले बताएका छन्। केन्द्रमा विपद् व्यवस्थापन कार्यालय रहेको र सबै प्रदेशमा विपद् व्यवस्थापन गुल्ममार्फत टोली परिचालन हुने जनाइएको छ।

जिल्लामा आवश्यकताका आधारमा विपद् व्यवस्थापन टोली परिचालन हुने प्रहरीले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदर भन्दा बढी वर्षा हुने आँकलन सार्वजनिक गरिसकेकाे छ। साेही कारण प्रभावकारी विपद् व्यवस्थापन अघि बढाउन आवश्यक तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जानाएकाे छ। रासस


प्रकाशित : शनिबार, जेठ १० २०८२१७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend