शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा

images
शनिबार, जेठ १० २०८२
images
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा

पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको चमेरे गुफामा पूर्वाधार निर्माण, संरक्षण र प्रबर्द्धन गर्न नसकिएको स्थानीय पृथीमान जवेगूले बताए। स्थानीयले २० वर्षअघि पत्ता लगाएको गुफाको संरक्षण र प्रबर्द्धनका लागि सरकारी निकायको ध्यान नगएको उनको भनाइ छ।

images
images

इलाम- पर्यटनको सम्भावना रहेको यहाँको माङ्सेबुङ गाउँपालिका-२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ। देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गुफाको उचित प्रचारप्रसार हुन सकेको छैन।

images
images
images

पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको चमेरे गुफामा पूर्वाधार निर्माण, संरक्षण र प्रबर्द्धन गर्न नसकिएको स्थानीय पृथीमान जवेगूले बताए। स्थानीयले २० वर्षअघि पत्ता लगाएको गुफाको संरक्षण र प्रबर्द्धनका लागि सरकारी निकायको ध्यान नगएको उनको भनाइ छ।

images
images

यो गुफा जिल्लाकै प्रमुख धार्मिकस्थल गजुरमुखी धामदेखि एक किलोमिटर दुरीमा अवस्थित छ। प्राकृतिक रुपमा सुन्दर र आकर्षक छ चमेरे गुफा। ‘चमेरे गुफाकाे संरक्षण र प्रबर्द्धनसँगै प्रचारप्रसार गर्न सके पर्यटक बढ्ने सम्भावना छ’ जवेगूले भने। 

images
images

देवताका पालामा गजुरमुखी देवीलाई भेट्न आउँदा महादेवले सो गुफामा बास बसेको किवदन्ती प्रचलित छ। पछिल्लो समय गुफामा हुलका हुल चमेरा भेटिने भएकाले सो गुफाको नाम चमेरे गुफा राखिएको स्थानीय हिमाकुमारी अधिकारीले बताइन्।

गुफा फराकिलो छ। गुफाको प्रवेशद्वारदेखि भित्री भागसम्म चट्टानी संरचना देख्न सकिन्छ। खोलाको किनारमा चट्टानले बनेको संरचनाले यो गुफा भूगर्भीय अध्ययनको दृष्टिले रोचक छ। गुफामा करिब ४० देखि ५० जना मानिस अट्न सक्ने आकारमा छ।

तत्कालीन लिम्बूवानका राजाहरुले आफ्ना सेनालाई सेल्टरको रुपमा यस गुफामा राख्ने गरेको बताइन्छ। माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले यस वर्षदेखि पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनका लागि योजनाबद्ध काम गरिने बताए।

‘यसवर्षदेखि हामी नीति तथा कार्यक्रममा समेटर ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनको योजनाबद्ध रुपमा काम गर्नेछौँ’ उनले भने। माङ्सेबुङ-२ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले चमेरे गुफाको प्रबर्द्धन गर्न आगामी दिनमा वडाको विशेष ध्यान जाने बताए। रासस


प्रकाशित : शनिबार, जेठ १० २०८२१४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend