बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

सिटिजन्स बैंकद्वारा दृष्टि फाउण्डेसन नेपाललाई सहयोग

बुधबार, जेठ ७ २०८२
सिटिजन्स बैंकद्वारा दृष्टि फाउण्डेसन नेपाललाई सहयोग

बैंकले उक्त संस्थालाई करिब २ महिनासम्मलाई पुग्नेगरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको हो।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशको धनगढीमा अवस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखि निरन्तररुपमा मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको लागि काम गर्दै आएको उक्त संस्थालाई बैंकले करिब २ महिनासम्मलाई पुग्नेगरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको हो।

संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरुप महिलाहरू र उनका बालबालिकाहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेको बैंकले जनाएको छ।

समारोहमा प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महसुस भएको बताए। संस्था तथा त्यहाँ रहेका बालबालिकाहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरुले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको हेरचाहको लागि समाजमा उदाहरण बसाइरहेको धारणा राखे।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायत क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ।

बैंकले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना २ सयवटा शाखा, १ सय ६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ९१ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ।


प्रकाशित : बुधबार, जेठ ७ २०८२१६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend