बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

बिर्तामोडका सडक धमाधम कालोपत्र, १४ किलोमिटरमा एक अर्बभन्दा बढी लगानी

images
बुधबार, जेठ ७ २०८२
images
बिर्तामोडका सडक धमाधम कालोपत्र, १४ किलोमिटरमा एक अर्बभन्दा बढी लगानी

बिर्तामोड नगरपालिकाभित्रका प्रमुख सडकहरू हाल तीव्र गतिमा कालोपत्र भइरहेका छन्।

images
images

झापा- बिर्तामोड नगरपालिकाभित्रका प्रमुख सडकहरू हाल तीव्र गतिमा कालोपत्र भइरहेका छन्। संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा भइरहेको सडक स्तरोन्नति परियोजनाअन्तर्गत नगरका विभिन्न वडामा जम्मा १४ किलोमिटर सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। एक अर्ब रुपैयाँभन्दा बढी लागतको यस परियोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

images
images
images

सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार नगरका वडाहरूलाई आपसमा जोड्ने हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्गमा कालोपत्र धमाधम भइरहेको छ। यी सडकले बिर्तामोडका वडा नम्बर २, ३, ४, ६, ७ र ९ लाई एकआपसमा जोड्ने मात्र नभई आसपासका नगर र गाउँपालिकासँग पनि सञ्जाल विस्तार गर्ने महत्त्व राख्छन्।

images
images

विश्व बैंकको आर्थिक सहयोगमा वडा नम्बर ६, ७ र ८ जोड्ने करिब ६ किलोमिटर २५८ मिटर लम्बाइको सडक कालोपत्र भइरहेको छ। ५८ करोड रुपैयाँको लागतमा आरपी समता जेभीले निर्माणको जिम्मा लिएको यो सडक जेठको तेस्रो साताभित्र सम्पन्न हुने लक्ष्यसहित निर्माण भइरहेको निर्माण कम्पनीका प्रतिनिधि मनोज उप्रेतीले जानकारी दिए।

images
images

बिर्तामोडलाई हल्दिबारी गाउँपालिकासँग जोड्ने सहिदचन्द्र मार्गको दुई किलोमिटर सडक कालोपत्रका लागि तीन वटा निर्माण कम्पनीहरू संलग्न छन्। उक्त सडकलाई तीन खण्डमा बाँडी निर्माण कार्य भइरहेको छ। पहिलो खण्डको काम सिद्धीथुम्का एभरग्रिन जेभीले, दोस्रो खण्ड ट्रस्ना निर्माण सेवाले र तेस्रो खण्ड नाम्लाक निर्माण सेवाले गरिरहेका छन्। तीनै खण्डको निर्माण कार्य आगामी १५ दिनभित्र सम्पन्न हुने लक्ष्यसहित तीव्र गतिमा अगाडि बढिरहेको छ।

यसैगरी, बिर्तामोड वडा नम्बर २ देखि ३ हुँदै कनकाई नगरपालिका जोड्ने चारपाने–घैलाडुब्वा सडकको एक किलोमिटर खण्ड पनि कालोपत्र हुँदैछ। ६ करोड रुपैयाँको ठेक्कामा शान्ति निर्माण सेवा प्रालिले निर्माण गरिरहेको उक्त सडक नगरकै एक महत्वपूर्ण ट्रान्जिट मार्गका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

बिर्तामोड–४ मा पर्ने हर्कलाल मार्गको स्तरोन्नति कार्य पनि तीव्र गतिमा भइरहेको छ। तीन खण्डमा बाँडी गरिएको यस सडकको मध्य खण्डको कालोपत्र सकिएको छ भने अन्य दुई खण्डमा निर्माण कार्य जारी छ। प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा भइरहेको यस सडकको पहिलो खण्डको लागत १ करोड १३ लाख, दोस्रो खण्डको ६ करोड र अन्तिम खण्डको लागत १ करोड ११ लाख रुपैयाँ रहेको छ।

यसैबीच, दाहाल गाउँबाट लालमाटी चोकसम्म जोड्ने एक किलोमिटर सडकमा पनि स्तरोन्नतिको काम भइरहेको छ। कोशी प्रदेश सरकार र नगरपालिकाको संयुक्त २ करोड ६० लाख रुपैयाँ बजेटबाट निर्माणाधीन सडक केही दिनमै कालोपत्र गरिने निर्माण व्यवसायी दिनेश मैनालीले बताए।

सडक निर्माणको गुणस्तर र प्रगति सुनिश्चित गर्न नगरपालिकाले नियमित अनुगमन गरिरहेको छ। नगर प्रमुख पवित्रा प्रसाईँका अनुसार सडक पूर्वाधारको सुधार नगरको दीर्घकालीन विकासको मेरुदण्ड हो, त्यसैले कुनै पनि ढिलासुस्ती नगरिने र आवश्यक परेमा तत्काल हस्तक्षेप गरिने छ। उनका अनुसार निर्माण कम्पनीहरूसँग समन्वय गर्दै समयमा र गुणस्तरीय रूपमा काम सम्पन्न गराउनेतर्फ नगरपालिकाले विशेष ध्यान दिएको छ।

बिर्तामोड नगरलाई प्रदेशकै व्यापारिक केन्द्र बनाउने दीर्घदृष्टिका साथ अघि बढाइएको सडक स्तरोन्नति कार्यक्रमले अबका केही महिनामै ठोस उपलब्धि दिने विश्वास लिइएको छ। रासस


प्रकाशित : बुधबार, जेठ ७ २०८२०७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend