काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंको पाँचतारे होटल याक एण्ड यति बन्द गर्न निर्देशन दिएको छ।
होटलमा सञ्चालित क्यासिनोले रोयल्टी नतिरेको भन्दै पर्यटनमन्त्री प्रेम आलेले होटल बन्द गराइ सम्पत्ति रोक्का गराउने निर्णय गरेका छन्। पर्यटन विभागबाट जारी प्रेस विज्ञप्ति अनुसार होटलमा सञ्चालित क्यासिनोले ४२ करोड रुपैयाँ रोयल्टी बुझाउन बाँकी छ।
पर्यटन विभागले ताकेता गर्दा पनि रोयल्टी नबुझाएपछि होटलको पाँचतारे स्तरीकरण पनि खोस्ने निर्णय मन्त्रालयले गरेको हो। होटलमा क्यासिनो रोयल सञ्चालनमा छ।