शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

पर्यटनमन्त्री आलेसहित पर्यटन बोर्डका ९ सदस्यविरुद्ध सर्वोच्चमा मानहानी र अवहेलना मुद्दा

images
बुधबार, माघ २६ २०७८
images
images
पर्यटनमन्त्री आलेसहित पर्यटन बोर्डका ९ सदस्यविरुद्ध सर्वोच्चमा मानहानी र अवहेलना मुद्दा
images
images

काठमाडौं- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित ९ जनाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना र मानहानीको मुद्दा दायर गरेका छन्।

images
images
images

सीईओ रेग्मीले दायर गरेको मुद्दमा सर्वोच्च अदालतले गत पुस १४ गते आफूलाई निलम्बन गर्ने बोर्ड सञ्चालक समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो। आदेशको अर्को फैसला नै नआएको अवस्थामा बोर्ड सञ्चालक समितिले छानविनको नाममा प्रतिवेदन बुझाउनुको साथै स्पष्टीकरण समेत सोध्ने काम गरेको भन्दै मंगलबार सर्वोच्चमा मुद्दा दायर गरेका छन्। 

images

बोर्डले सीईओ रेग्मीमाथि छानबीन गर्ने र सो अवधिका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध रेग्मी अन्तरिम आदेश माग गर्दै अदालत गएका थिए। न्यायाधीश दीपककुमार कार्कीको इजलासले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै कारणसहित दुवै पक्षलाई छलफलमा बोलाएको थियो।

images

दुवै पक्षलाई फागुन २ गते पुन: बोलाएको छ। तर यता बोर्डले आफूखुसी सर्वोच्चको आदेश विपरित काम गरेको भन्दै मन्त्री आलेसहित सञ्चालक समितिका सदस्य र आमन्त्रित सदस्यसहितलाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन्।

सीईओ रेग्मीले मन्त्री आलेसहित पर्यटन सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपाने, उपाध्यक्ष चन्द्र रिजालसहित अन्य सदस्य र पर्यटन विभागका महानिर्देशक तथा आमन्त्रित सदस्य तारानाथ अधिकारी सहित ९ जनाविरुद्ध मानहानी र अवहेलनाको मुद्दा दायर गरेका छन्। 

त्यस्तै बोर्ड सदस्य पम्फादेवी धमला, विप्लव पाैडेल, डावा ङिमा शेर्पा, कृष्णकुमार शाह, होमप्रसाद लुईँटेललाई पनि विपक्षी बनाइएकाे छ।


प्रकाशित : बुधबार, माघ २६ २०७८१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend