आइतबार, भदौ २३ गते २०८१    
images
images

सदस्य सचिवको राजीनामासँगै तारागाउँ विकास समितिका कर्मचारीले ३ महिनादेखि पाएनन् तलब

images
बुधबार, माघ २६ २०७८
images
images
सदस्य सचिवको राजीनामासँगै तारागाउँ विकास समितिका कर्मचारीले ३ महिनादेखि पाएनन् तलब

समितिमा २२ जनाभन्दा बढी कर्मचारी रहेका छन्। कर्मचारीको तलबमा मासिक ८ लाख रुपैयाँसम्म खर्च हुन्छ।

images
images

काठमाडौं- तारागाउँ विकास समितिका कर्मचारीले ३ महिनादेखि तलब पाउन सकेका छैनन्। समितिका सदस्य सचिव झपेन्द्र ज्ञवालीले मंसिर २० गते राजिनामा दिएका थिए। 

images
images
images

ज्ञवालीको राजिनामा पछि विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सदस्य सचिव नियुक्ति गरेको छैन। सदस्य सचिवको नियुक्ति नहुँदा कर्मचारीले मंसिर महिनादेखिको तलब पाउन सकेका छैनन्। समितिका कर्मचारीले तलब खान मात्रै हैन समितिको सबै काम रोकिएको एक कर्मचारीले बताए।

समितिमा २२ जनाभन्दा बढी कर्मचारी रहेका छन्। कर्मचारीको तलबमा मासिक ८ लाख रुपैयाँसम्म खर्च हुन्छ। तर कर्मचारीले ३ महिना हुने लाग्दा पनि तलब पाएका छैनन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्मचारीको तलब रोकिँदा समेत बाधा अड्काउ फुकाउन कुनै पहल गरेको छैन। समितिका अध्यक्षमा प्रल्हाद न्याैपाने रहेपनि आर्थिक कारोबारमा उनलाई कुनै अधिकार दिइएको छैन। त्यसैले समितिका कर्मचारीले तलब पाउन नसकेका हुन्। 

images

भानुभक्त ढकाल पर्यटन मन्त्री हुँदा  सदस्य सचिव नियुक्त भएका ज्ञवालीले राजीनमा दिएसँगै समितिको सबै आर्थिक कारोबार रोकिएको छ। 

तर पर्यटन मन्त्री प्रेम आले तथा सचिव महेश्वर न्यौपाने समितिको सदस्य सचिव नियुक्त गर्ने कुनै चासो नदिँदा समिति काम बिहिन भएको हो।


प्रकाशित : बुधबार, माघ २६ २०७८१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend