आइतबार, भदौ २३ गते २०८१    
images
images

गौतम बुद्धसँगै रात्रिकालीन उडान हुने विमानस्थलमा पनि क्यालिब्रेसन उडान हुने

images
बुधबार, माघ २६ २०७८
images
images
गौतम बुद्धसँगै रात्रिकालीन उडान हुने विमानस्थलमा पनि क्यालिब्रेसन उडान हुने
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै रात्रिकालीन उडान हुने विमानस्थलमा पनि क्यालिब्रेसन उडान गर्ने भएको छ।

images
images
images

एरोथाईको क्यालिब्रेसन टिम र जहाज नेपाल आएको बेला थप अन्य ८ वटा विमानस्थलमा समेत क्यालिब्रेसन उडान हुने प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

नयाँ निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानका लागि एरोथाईको क्यालिब्रेसन उडान गर्ने जहाज फागुन ५ गते जहाज नेपाल आउँदै छ।

फागुन ६ गतेबाट सुरु हुने क्यालिब्रेसन उडानका लागि अहिले एरोथाईका प्रतिनिधिले विमानस्थलमा स्थलगत निरीक्षणका काम गरिरहेका छन्। जहाज आएपछि फागुन ६ गतेबाट क्यालिब्रेसन उडान हुने महानिर्देशक अधिकारी बताउँछन्।

images

योसँगै रात्रिकालीन उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै थप अन्य विमानस्थलमा पनि एरोथाईले क्यालिब्रेसन उडान गरिदिने भएको छ।

उनका अनुसार सिमरा, जनकपुर, भैरहवाको पुरानो विमानस्थल, नेपालगञ्ज, विराटनगर, धनगढी र भद्रपुर विमानस्थलमा पनि क्यालिब्रेसन उडान हुन लागेको हो।


प्रकाशित : बुधबार, माघ २६ २०७८०७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend