बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा स्ट्रेन्थ पार्टनरको रुपमा शिवम् सिमेन्टको सहकार्य

बुधबार, वैशाख ३१ २०८२
प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा स्ट्रेन्थ पार्टनरको रुपमा शिवम् सिमेन्टको सहकार्य

शिवम् सिमेन्टले नेपाली खेलकुदको समग्र विकासमा निरन्तर साथ दिँदै आएको र यसअघि पनि खेलको प्रवर्द्धनमा सहकार्य गर्दै आइरहेको जनाएको छ।

काठमाडौं- शिवम् सिमेन्ट लिमिटेडले यही जेठ ८ गतेदेखि १५ गतेसम्म आयोजना हुन लागेको नवौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८२ मा 'स्ट्रेन्थ पार्टनर' को रूपमा सहकार्य गर्ने भएको छ।

राष्ट्रिय खेलको प्रवर्द्धन र समर्थन गर्ने दीर्घकालीन उद्देश्यअनुरूप शिवम् सिमेन्टले नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको भलिबल प्रतियोगितामा सहकार्य गर्न लागेको जनाएको छ।

हालै काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघका तर्फबाट महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भीपी निखिल अग्रवालबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ।

पोखरा रंगशालाको कभर्ड हलमा आयोजना हुने प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा प्रत्येक खेलमा करिब ३ हजारदेखि ४ हजारसम्म दर्शकहरुको उपस्थिति रहने नेपाल भलिबल संघले जनाएको छ। प्रतियोगितामा कुल १४ टिमहरु सहभागि हुनेछन्, जसमा ६ महिला टिम र ८ पुरुष टिमबीच प्रतिस्पर्धा हुनेछ।

शिवम् सिमेन्टले नेपाली खेलकुदको समग्र विकासमा निरन्तर साथ दिँदै आएको र यसअघि पनि खेलको प्रवर्द्धनमा सहकार्य गर्दै आइरहेको जनाएको छ।


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend