काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रुपैयाँ ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रुपैयाँ ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रुपैयाँ ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रुपैयाँ ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रुपैयाँ ८५, आलु रातो प्रतिकिलो रुपैयाँ ३४, आलु रातो (भारतीय) प्रतिकिलो रुपैयाँ ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रुपैयाँ ३८, गाजर (लोकल) प्रतिकिलो रुपैयाँ ६०, गाजर (तराई) प्रतिकिलो रुपैयाँ ३०, बन्दा (लोकल) प्रतिकिलो रुपैयाँ १५, काउली (स्थानीय) प्रतिकिलो रुपैयाँ ६०, मूला रातो प्रतिकिलो रुपैयाँ ४०, मूला सेतो (लोकल) प्रतिकिलो रुपैयाँ २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रुपैयाँ ३०, भन्टा लाम्चो प्रतिकिलो रुपैयाँ ४०, भन्टा डल्लो प्रतिकिलो रुपैयाँ ५०, तने बोडीको मूल्य प्रतिकिलो रुपैयाँ ७० कायम गरिएको छ।
यसैगरी, मटरकोसा प्रतिकिलो रुपैयाँ १००, घिउ सिमी (लोकल) प्रतिकिलो रुपैयाँ ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रुपैयाँ ६०, भटमास कोसा प्रतिकिलो रुपैयाँ १००, तितो करेला प्रतिकिलो रुपैयाँ ३५, लौका प्रतिकिलो रुपैयाँ २०, परबर (लोकल) प्रतिकिलो रुपैयाँ ६०, परबर (तराई) प्रतिकिलो रुपैयाँ ६०, चिचिण्डो प्रतिकिलो रुपैयाँ ४०, घिरौला प्रतिकिलो रुपैयाँ ३५, झिगुनी प्रतिकिलो रुपैयाँ ८०, फर्सी पाकेको प्रतिकिलो रुपैयाँ ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रुपैयाँ ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रुपैयाँ २५, सलगम प्रतिकेजी रुपैयाँ ८०, भिण्डी प्रतिकिलो रुपैयाँ ३५ कायम गरिएको छ।
यस्तै, सखरखण्ड प्रतिकिलो रुपैयाँ ६०, बरेला प्रतिकिलो रुपैयाँ ५०, पिँडालु प्रतिकिलो रुपैयाँ १००, स्कूस प्रतिकिलो रुपैयाँ ५०, रायो साग प्रतिकिलो रुपैयाँ ६०, पालुङ्गो साग प्रतिकिलो रुपैयाँ ८०, चमसुरको साग रुपैयाँ ८०, तोरीको साग प्रतिकिलो रुपैयाँ ३५, मेथीको साग प्रतिकिलो रुपैयाँ ८०, प्याज हरियो प्रतिकिलो रुपैयाँ ५०, बकुला प्रतिकिलो रुपैयाँ ५०, च्याउ (कन्य) प्रतिकिलो रुपैयाँ २००, च्याउ (डल्ले) प्रतिकिलो रुपैयाँ ३५०, निगुरो प्रतिकिलो रुपैयाँ ३० निर्धारण गरिएको छ।
ब्रोकाउली प्रतिकिलो रुपैयाँ १००, चुकुन्दर प्रतिकिलो रुपैयाँ ७०, सजीवन प्रतिकिलो रुपैयाँ ८०, कोइरालो प्रतिकिलो रुपैयाँ १८०, रातो बन्दा प्रतिकिलो रुपैयाँ ६०, जिरीको साग प्रतिकिलो रुपैयाँ ६५, ग्याठकोभी प्रतिकेजी रुपैयाँ ६०, सेलरी प्रतिकिलो रुपैयाँ २१०, पार्सले प्रतिकिलो रुपैयाँ ३५०, सौफको साग प्रतिकिलो रुपैयाँ ९०, पुदिना प्रतिकिलो रुपैयाँ ३००, गान्टे मूला प्रतिकिलो रुपैयाँ ४०, इमली प्रतिकिलो रुपैयाँ १९०, तामा प्रतिकिलो रुपैयाँ १००, तोफु प्रतिकिलो रुपैयाँ १४० र गुन्द्रुक प्रतिकिलो रुपैयाँ ३५० तोकेको छ।
समितिले स्याउ (झोले) प्रतिकिलो रुपैयाँ २५०, स्याउ (फूजी) प्रतिकिलो रुपैयाँ ३४०, केरा (दर्जन) रुपैयाँ १६०, कागती प्रतिकिलो रुपैयाँ २७०, अनार प्रतिकिलो रुपैयाँ ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रुपैयाँ २००, अङ्गुर (कालो) प्रतिकिलो रुपैयाँ ३५०, भारतीय सुन्तला रुपैयाँ १४०, तरबुजा हरियो प्रतिकिलो रुपैयाँ ५०, मौसम प्रतिकिलो रुपैयाँ २००, जुनार प्रतिकिलो रुपैयाँ २००, भुइँकटहर प्रतिगोटा रुपैयाँ २००, काँक्रो (लोकल) प्रतिकिलो रुपैयाँ ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रुपैयाँ ३०, रुख कटहर प्रतिकिलो रुपैयाँ ८०, नासपाती (चाइनिज) प्रतिकिलो रुपैयाँ २६०, मेवा (नेपाली) प्रतिकिलो रुपैयाँ ५०, मेवा (भारतीय) प्रतिकिलो रुपैयाँ १२०, अम्बा प्रतिकिलो रुपैयाँ १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रुपैयाँ २५०, किबी प्रतिकिलो रुपैयाँ ४६०, आभोकाडो प्रतिकिलो रुपैयाँ ५८० निर्धारण गरिएको छ।
यसैगरी, अदुवा प्रतिकिलो रुपैयाँ १२०, खुर्सानी सुकेको प्रतिकिलो रुपैयाँ ४२०, खुर्सानी हरियो प्रतिकिलो रुपैयाँ ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रुपैयाँ ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रुपैयाँ ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रुपैयाँ ४००, भेडे खुर्सानी प्रतिकिलो रुपैयाँ ९०, लसुन हरियो प्रतिकिलो रुपैयाँ १२०, हरियो धनिया प्रतिकिलो रुपैयाँ ९०, लसुन सुकेको चाइनिज प्रतिकिलो रुपैयाँ ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रुपैयाँ ३००, ताजा माछा (रहु) प्रतिकिलो रुपैयाँ ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रुपैयाँ २६०, ताजा माछा (छडी) प्रतिकिलो रुपैयाँ २४०, रुख टमाटर प्रतिकिलो रुपैयाँ १६०, राजा च्याउ प्रतिकिलो रुपैयाँ ३०० र सिताके च्याउ प्रतिकिलो रुपैयाँ ८०० तोकेको छ। रासस