मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

आजको थोक मूल्य : गोलभेँडा ८५ र स्याउ ३४० रुपैयाँ प्रतिकिलो

images
मंगलबार, वैशाख ३० २०८२
images
आजको थोक मूल्य : गोलभेँडा ८५ र स्याउ ३४० रुपैयाँ प्रतिकिलो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। बजार स्थिरता र उपभोक्ता हितलाई ध्यानमा राख्दै समितिले दैनिक रुपमा कृषिउपजको मूल्य निर्धारण गर्दै आएको छ।

images
images

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। बजार स्थिरता र उपभोक्ता हितलाई ध्यानमा राख्दै समितिले दैनिक रुपमा कृषिउपजको मूल्य निर्धारण गर्दै आएको छ।

images
images
images

आज निर्धारण गरिएको मूल्य सूचीअनुसार गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८५ रुपैयाँमा बिक्री हुने छ भने गोलभेँडा ठूलो (भारतीय) ७० रुपैयाँ, आलु रातो ३५ रुपैयाँ, भारतीय आलु रातो ३८ रुपैयाँ र प्याज (भारतीय) पनि ३८ रुपैयाँ प्रतिकिलोमा तोकिएको छ।

images
images

हरियो सागसब्जीमा रायो साग, पालुङ्गो साग, चमसुर र मेथीको साग ८० रुपैयाँ प्रतिकिलोमा छ भने तोरीको साग ३५ रुपैयाँ र प्याज हरियो ५० रुपैयाँमा उपलब्ध छ।

images
images

फलफूलको मूल्यमा भने केही उच्च दर कायम गरिएको छ। स्याउ (फूजी) प्रतिकिलो ३४० रुपैयाँ, अङ्गुर (कालो) ३५० रुपैयाँ, अनार ३५० रुपैयाँ, किबी ४६० रुपैयाँ र आभोकाडो ५८० रुपैयाँमा बिक्री हुने बताइएको छ। केरा (दर्जन) को मूल्य १६० रुपैयाँ, कागती २७० रुपैयाँ र स्ट्रबेरी (भुइँऐसेलु) २५० रुपैयाँ तोकिएको छ।

मसला तथा विशेष वस्तुहरूमा अदुवा १२० रुपैयाँ, लसुन (नेपाली तथा चाइनिज) ३०० रुपैयाँ, हरियो धनिया ९० रुपैयाँ, रुख टमाटर १६० रुपैयाँ, खुर्सानी सुकेको ४२० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) ११० रुपैयाँ र अकबरे खुर्सानी ४०० रुपैयाँमा निर्धारण गरिएको छ।

समितिका अनुसार थोक मूल्य सूची प्रतिदिन बिहान तय गरिन्छ र कालीमाटी बजारमा कारोबार गर्दा सोही मूल्यलाई आधार मानिन्छ। उपभोक्ताले निर्धारण गरिएको मूल्यभन्दा बढी तिर्नुपर्ने अवस्था भएमा समितिमा उजुरी गर्न सकिने व्यवस्था गरिएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२०६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend