आइतबार, भदौ २३ गते २०८१    
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एयरको तयारी

विमानस्थलको रनवेलाई पूर्वतिरबाट जोड्न बुद्ध एयरको आग्रह

images
मंगलबार, माघ २५ २०७८
images
images
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एयरको तयारी

विमानस्थल निर्माण भइरहेको बेला रनवेलाई पूर्वतिरबाट जोड्न बुद्ध एयरको आग्रह समेत गरेको छ।  एयरलाइन्सले एकातर्फबाट मात्र उडान र जहाजको ‘ट्याक्सीवे’ एउटै हुँदा एयर ट्राफिक स्वभाविक बढ्ने समेत बताएको छ।

images
images

काठमाडौं- निजी हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्तराष्ट्रिय उडान गर्ने भएको छ। बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा जहाज राखी अन्तर्राष्ट्रिय उडान गर्ने योजना रहेको बताएको छ।

images
images
images

विमानस्थल निर्माण भइरहेको बेला रनवेलाई पूर्वतिरबाट जोड्न बुद्ध एयरको आग्रह समेत गरेको छ।  एयरलाइन्सले एकातर्फबाट मात्र उडान र जहाजको ‘ट्याक्सीवे’ एउटै हुँदा एयर ट्राफिक स्वभाविक बढ्ने समेत बताएको छ।

विमानस्थलको ७० प्रतिशत निमार्ण कार्य सम्पन्न भइसकेको  र बाँकी कार्यहरू पनि धमाधम भइरहेको बेला यस्तो आग्रह गरेको हो। एयरलाइन्सले आफ्नो योजना अनुसार पोखराबाट भारतको विभिन्न कर्तव्यहरूमध्ये सुरुवातमा नयाँदिल्ली, देहरादुनमा सिधा अन्तर्राष्ट्रिय उडान भर्ने जनाएको छ।

त्यसैगरी पोखराबाट धौलागिरीदेखि सगरमाथासम्मको हिमश्रृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य शहरहरुसँग आवश्यकता अनुसारको दैनिक सिधा उडानहरू भर्ने बुद्धको योजना रहेको  जनाएको छ।

images

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरू हुने निश्चितप्रायः देखिएको एयरलाइन्सको दाबी छ।

हाल निर्माणधिन पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्व-पश्चिम ‘रन–वे’को पश्चिम ‘रन–वे’ लाई मात्र अन्त्यसम्म ‘टयाक्सी–वे’ ले जोडिएको छ। पश्चिमको ठूलो डाँडाका कारण विमान अवतरण पूर्वबाट मात्र सम्भव छ। तर पूर्वको रनवेलाई ‘टयाक्सी–वे’ ले जोडिएको छैन। यसैकारण विमानहरू उडान भर्नुपर्दा पश्चिमबाट मात्र सम्भव छ। यसले गर्दा ‘हवाई ट्राफिक’ बढ्न गई स्वतः कम उडानहरु हुने बुद्धको दाबी छ।

बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत आधा रनवेसम्म मात्र भएको ‘टयाक्सी–वे’लाई पूर्वको ‘रनवे’को अन्त्यसम्म तुरुन्तै जोड्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। विज्ञप्तिमा बुध्द एयरका मार्केटिङ निर्देशक रूपेश जोशीले अहिले ‘रनवे’ र ‘टयाक्सी–वे’ को निर्माण सिमेन्ट कङ्क्रिटले भइरहेको छ, अब बाँकी ‘टयाक्सी–वे’ निर्माण गर्दा प्रक्रिया लम्बिने र निर्माण खर्च पनि महँगिने हुँदा विशेषज्ञको सल्लाह लिई ‘अलकक्राको पिच’ मात्र गरे पुग्ने बताए।

‘पोखरा सर्वप्रिय पर्यटकीय गन्तव्य हो। पोखराको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलले मुलुक तथा विशेषगरि गण्डकी प्रदेशमा ठूलो अवसर तथा रोजगारी सिर्जना गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो विमानस्थल सञ्चालनमा आएपछि पचासौं लाख पर्यटकले गण्डकी प्रदेशको भ्रमण गर्नेछन् र विदेशी मुद्रा आर्जनको दायरा पनि फराकिलो हुनेछ।’

 


प्रकाशित : मंगलबार, माघ २५ २०७८१०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend