आइतबार, चैत २४ गते २०८१     २३ : ०९ : २३
आइतबार, चैत २४ २०८१
images
images
अन्तर्राष्ट्रिय हवाई यात्रु

हिमालयभन्दा नेपाल एयरलाइन्सको बजार हिस्सा २ प्रतिशतले कम, नम्बर एकमा कतार

images
मंगलबार, माघ २५ २०७८
images
images
हिमालयभन्दा नेपाल एयरलाइन्सको बजार हिस्सा २ प्रतिशतले कम, नम्बर एकमा कतार

सन् २०२२ को जनवरीमा मात्रै २ लाख ७ हजार ९ सय २२ जना यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।

images
images

काठमाडौं- सन् २०२२ को जनवरीमा मात्रै २ लाख ७ हजार ९ सय २२ जना यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। जसमा सबैभन्दा बढी यात्रुलाई सेवा दिने एयरलाइन्समा कतार एयरवेज रहेको छ। कतारपछि हिमालय एयरलाइन्सले बढी यात्रुलाई सेवा दिएको छ।

images
images

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स भने तेस्रो स्थानमा झरेको छ। कुल अन्तर्राष्ट्रिय हवाई यात्रुमध्ये हिमालयले १६.६२ प्रतिशत यात्रु बोकेको छ भने नेपाल एयरलाइन्सले १४.३९ प्रतिशत यात्रु बोकेको छ। यसैगरी नम्बर एकमा रहेको कतार एयरवेजले भने कुल यात्रुको २२.९२ प्रतिशत यात्रु बोकेको छ।

images
images

जनवरीमा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै विश्वका विभिन्न देश पुग्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या १ लाख १८ हजार ६ सय ७८ रहेको छ भने नेपाल भित्र्ने यात्रुको संख्या ८६ हजार ५ सय २० रहेको छ।

images
images

एक महिनाकै अवधिमा कुल १ हजार ६ सय ६२ उडान तथा अवतरण भएको छ। सबैभन्दा बढी उडान तथा अवतरण भने हिमालय एयरलाइन्सले गरेको छ। हिमालय एयरलाइन्सले ३ सय ४२ वटा उडान तथा अवतरण गरेको छ। यसैगरी कतारले २ सय ४८ र नेपाल एयरलाइन्सले २ सय २६ वटा उडान तथा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ।

बढी यात्रु बोक्ने ५ एयरलाइन्स

बढी यात्रु बोक्न एयरलाइन्सहरुको सूचीमा पहिलो नम्बरमा कतार एयरवेज रहेका छ। कतारले २ सय ४८ वटा उडान तथा अवतरणमार्फत ४७ हजार ६ सय ८७ यात्रु ओसार पोसार गरेको छ।

यसैगरी दोस्रो बढी यात्रु बोक्नेको सूचीमा हिमालय एयरलाइन्स रहेको छ। हिमालयले ३ सय ४२ उडान तथा अवतरण मार्फत ३४ हजार ५ सय ७२ यात्रु बोकेको छ। तेस्रो नम्बरमा रहेको नेपाल एयरलाइन्सले भने २ सय २६ उडान मार्फत २९ हजार ९ सय ४० यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गरेको छ।

47687 (2).png
undefined

यसैगरी चौथो नम्बरमा रहेको फ्लाई दुबईले भने १ सय ९४ उडान तथा अवतरण मार्फत २३ हजार ९ सय ५८ जना यात्रु बोकेको छ। पाँच नम्बरमा  रहेको जजिरा एयरलाइन्सले १ सय २६ उडान तथा अवतरण मार्फत १३ हजार १ सय ८११ यात्रुलाई सेवा दिएको छ। यसैगरी एयरअरेबियाले १२ हजार ९ सय ३६ र सिंगापुर एयरलाइन्सले ८ हजार ७ सय १७ जनालाई अन्तर्राष्ट्रिय हवाई यात्रा गराएको छ।


प्रकाशित : मंगलबार, माघ २५ २०७८०७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend