आइतबार, भदौ २३ गते २०८१    
images
images

अबैध रुपमा सञ्चालित जिपलाइनलगायत बन्द गराउन ललितपुर प्रशासनको निर्देशन

images
सोमबार, माघ २४ २०७८
images
images
अबैध रुपमा सञ्चालित जिपलाइनलगायत बन्द गराउन ललितपुर प्रशासनको निर्देशन
images
images

काठमाडौं- अबैध रुपमा सञ्चालन भएका जिपलाइनलगायत साहसिक पर्यटकीय गतिविधि बन्द गराउन जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरलाई पत्र काटेको छ। गृह मन्त्रालयले अवैधरुपमा सञ्चालन भएका जिपलाइन लगायतका साहसिक पर्यटकीय तथा मनोरञ्जनात्मक खेल गतिविधि बन्द गराउन सबै जिल्ला प्रशासन कार्यालहरूलाई सर्कुलर गरेको थियो।

images
images
images

पर्यटन विभागले गएको असोज ११ गते नै अवैधरुपमा सञ्चालन भएका साहसिक पर्यटकीय गतिविधि सञ्चालन भएको हुँदा बन्द गराउँदै दर्तामा आउन सहयोग गरिदिन आग्रह गर्दै गृह मन्त्रालयलाई पत्र काटेको थियो।

विभागले पत्र काटेको झन्डै एक महिनापछि नै गृहले २०७८ कात्तिकमै पत्र काटेको थियो। तर अहिलेसम्म कुनै पनि जिल्ला प्रशासन कार्यालयले अवैध रुपमा पर्यटन विभागमै दर्ता नभइ सञ्चालन भएका जिपलाइन तथा साहसिक पर्यटकीय गतिविधका खेलहरू रोकेका थिएनन्। तर ललितपुर जिल्ला प्रशासन कार्यालयले भने अवैध रुपमा सञ्चालन भएका जिपलाइन तथा साहसिक पर्यटकीय गतिविधका खेलहरू बन्द गराउनु भन्दै प्रहरीलाई पत्र काटेको छ।

प्रशासनले गृह मन्त्रालयले २०७८ कात्तिक ११ गते गरेका पत्रको आवश्यक कारबाही सम्बन्धमा भन्दै पत्र काटेको हो। गृह मन्त्रालयले पर्यटन उद्योग सेवा प्रभाव निर्देशिका २०७० मा विभागबाट इजाजत लिएर मात्रै बन्जी जम्पिङ, जिपलाइन, क्यानोनिङ, एम्युज्मेन्ट पार्क, फन पार्क, मोटर बोट, जेट स्की जस्ता साहसिक तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गर्न सकिने व्यवस्था रहेको हुँदा दर्ता नै नभइ सञ्चालन भएका गतिविधि रोक्न भन्दै सर्कुलर गरेको थियो।

images
d3e90eef-5ca0-4f10-a9b7-9107201af225 (1).jpg
jp letter.jpg


प्रकाशित : सोमबार, माघ २४ २०७८१२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend