आइतबार, भदौ २३ गते २०८१    
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

क्यालिब्रेसन उडान गर्ने जहाज फागुन ५ गते नेपाल आइपुग्ने, ६ गतेदेखि क्यालिब्रेसन उडान हुने

images
सोमबार, माघ २४ २०७८
images
images
क्यालिब्रेसन उडान गर्ने जहाज फागुन ५ गते नेपाल आइपुग्ने, ६ गतेदेखि क्यालिब्रेसन उडान हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण उच्च स्रोतका अनुसार विमानस्थलमा फागुन ६ गत शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुने भएको छ।

images
images

काठमाडौं- भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान हुने समय तय भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण उच्च स्रोतका अनुसार विमानस्थलमा फागुन ६ गते शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुने भएको हो।

images
images
images

क्यालिब्रेसन उडानका लागि आवश्यक जहाज फागनु ५ गते काठमाडौं आइपुग्ने भएको छ। क्यालिब्रेसन उडानका लागि आउने जहाज थाइल्याण्डबाट बंगलादेश हुँदै नेपाल आउने छ। प्राधिकरण स्रोतका अनुसार फागनु ५ गते बेलुकासम्म जहाजलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याउने तयारीका साथ काम भइरहेको छ।

प्राधिकरण महानिर्देशक प्रदीप अधकारीले क्यालिब्रेसन उडान एक साता अगाडि नै गर्न कम्पनीलाई महानिर्देशकको पदभार ग्रहण गरेलगत्तै निर्देशन दिएका थिए। अधिकारीको दबाबपछि एरोथाईले एक साताअगाडि नै क्यालिब्रेसन उडान गर्न लागेको हो।

014bd297-6e46-49c8-a4f2-95eb2b3f77e5.jpg

images

फागुन ५ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पुर्‍याउन नसकिए ६ गते जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याएर क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरण स्रोतले जानकारी दिएको छ।

एरोथाईसँग क्यालिब्रेसन उडानका लागि प्रतिघण्टा ३५ सय डलरमा सम्झौता भएको हो।

क्यालिब्रेसन उडान विमानस्थलमा बनेका संरचना, सञ्चार उपकरण तथा सबै पक्षको विषयमा गरिने निरीक्षण उडान हो। यसका लागि बैग्लै जहाज प्रयोग हुन्छ। विस २०७२ सालमा निर्माण सुरु भएको यो विमानस्थल चार वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने थियो। तर ठेकेदार, नाकाबन्दी तथा भूकम्पका कारण निर्माण ढिला हुँदै आएको थियो।

014bd297-6e46-49c8-a4f2-95eb2b3f77e5.jpg

एसियाली विकास बैंकको ऋणमा निर्माण भएको विमानस्थलको भौतिक कार्यमा ६ अर्ब ७७ करोड रूपैयाँ लागत रहेको छ। भौतिकबाहेकका जग्गा प्राप्ति, यन्त्र उपकरण जडानसहितको लागत जोड्दा यो विमानस्थलको लागत ३० अर्ब रूपैयाँमाथि पुगेको छ।

014bd297-6e46-49c8-a4f2-95eb2b3f77e5.jpg


प्रकाशित : सोमबार, माघ २४ २०७८११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend