आइतबार, भदौ २३ गते २०८१    
images
images

२२ कम्पनीसँग क्यासिनो सञ्चालनको लाइसेन्स, कुन होटलमा कसले सञ्चालन गर्दैछ क्यासिनो?

images
सोमबार, माघ २४ २०७८
images
images
२२ कम्पनीसँग क्यासिनो सञ्चालनको लाइसेन्स, कुन होटलमा कसले सञ्चालन गर्दैछ क्यासिनो?
images
images

काठमाडौ‌- २०७८ पुस मसान्तसम्म क्यासिनो सञ्चालनका लागि लाइसेन्स लिने कम्पनीको संख्या २२ वटा पुगेको छ। पुसयता पनि क्यासिनो सञ्चालनका लागि एक नयाँ कम्पनीले लाइसेन्स पाइसकेको छ।

images
images
images

पर्यटन विभागमा अनुसार अहिले २२ वटा कम्पनीले क्यासिनो सञ्चालनका लागि लाइसेन्स लिएका छन्। २२ मध्ये केही क्यासिनो भने सञ्चालनमा रहेका छैनन्। बन्द भएको होटलमा पनि क्यासिनो सञ्चालन भएको छ। पुस मसान्तसम्म जारी भएको लाइसेन्ससँगै माघमा पनि एक गरी २३ वटा क्यसिनो कम्पनी भएका छैन।

अहिले क्यासिनो नियमावली २०७० (पछिल्लो संशोधन २०७६) अनुसार क्यासिनोको लाइसेन्स जारी भएको छ। २०७० अगाडिसम्म होटलले नै क्यासिनोको लाइसेन्स लिन्थे। तर अहिले २५ करोड पुँजी राख्दै कम्पानीले नै होटलसँगको अनुमतिमा क्यासिनो सञ्चालनका लागि लाइसेन्स लिन पाउँछन्।

चालु आर्थिक वर्ष २०७८/०७९ मा अहिलेसम्म ७ वटा क्यासिनो सञ्चालनका लागि लाइसेन्स जारी भइसेको छ। चालु आवको होटल नान्स सिद्धार्थनगर भैरहवामा क्यासिनो सञ्चालनका लागि भन्दै सिद्धार्थ गेमिङ जोन प्रालि दर्ता भएको छ।

images

यसैगरी भेगस सिटी इन्टरटेनमेन्ट (होटल मेची क्राउन) धुलाबारी झापामा क्यासिनो सञ्चालनका लागि भेगस रिक्रियसन नेपाल प्रालि दर्ता भएको छ। होटल स्नेह नेपालगञ्जमा क्यासिनो सञ्चालनका लागि  बेलिज इन्टरटेन्मेन्ट प्रालिले क्यसिनो सञ्चालनको लाइसेन्स लिएको छ।

विभागका अनुसार होटल स्टारलाईट बाँकेमा क्यासिनो सञ्चालनका लागि भेन्यु रिक्रिएसन प्रालिले लाइसेन्स लिएको छ। यसैगरी कल्पतरु होटल नेपालगञ्जमा क्यसिनो सञ्चालनका लागि ओम त्रयम्बकम् इन्टरटेनमेन्ट प्रालिले क्यासिनो सञ्चालनको लागि लाइसेन्स लिएको छ।

यसैगरी सेपियर इन्टरटेनमेन्ट टेक्नोक्लोजी प्रालिले होटल सिटी प्यालेस नेपालगञ्जमा क्यासिनो सञ्चालनका लागि लाइसेन्स लिएको छ।

यसैगरी माघ ५ गते चिनियाँ लगानी रहेको क्यासिनोलाई पाँचतारे होटल अलफ्टमा क्यासिनो सञ्चालन गर्नका लागि पूर्वस्वीकृति दिएका थिए। यसरी पूर्वस्वीकृति दिएको एक सातामै माघ १३ गते कम्पनीलाई क्यासिनो सञ्चालनको अन्मित स्वीकृति दिएको छ। उक्त विवरण अझै पर्यटन विभागमा पुगेको छैन।

यी हुन् अहिलेसम्म क्यासिनो सञ्चालनका लागि लाइसेन्स लिने कम्पनी र मालिक

Document 30_1_2.jpg


फेरि नयाँ क्यसिनो कम्पनी दर्ता

विरगञ्जको हिमाल वाटर पार्क एण्ड भिलेज होटलमा क्यासिनो सञ्चालका लागि भन्दै क्यासिनो कम्पनी उद्योग विभागमा दर्ता भएको छ।

गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामको क्यासिनो दर्ता भएको छ। क्यासिनोमा २० करोड लगानी रहने छ।

आधुनिक मेसिनबाट गेम खेलाउने क्यासिनोले वार्षिक ९१ हजार २ सय ५० जनालाई खेल खेलाउने जनाएको छ। क्यासिनोका ६३ जनाले रोजगारी पाउने भएका छन्।

२२ मध्ये १२ क्यासिनो सीमा क्षेत्रमा

पछिल्लो सयम क्यासिनो सञ्चालनका लागि सिमा क्षेत्रमा बनेको होटलमा आर्कषण बढेको छ। विभागका अनुसार २२ वटा कम्पनीले क्यासिनो सञ्चालनको लाइसेन्स लिएका छन्।

त्यसमध्ये १२ वटा क्यासिनो सीमा क्षेत्रमा रहेका होटलमा रहेका छन्। जसमध्ये ६ वटा क्यासिनो बाँके नेपालगञ्जमा रहेको होटलमा क्यासिनो सञ्चालनका लागि लाइसेन्स लिएका छन्।

लामो समयदेखि राेयल्टी नतिरका क्यासिनाेले  तिरे ६५ करोड 

चालु आर्थिक वर्ष २०७८/०७९ काे पुस मसान्तसम्म लामो समयसम्म क्यासिनाे सञ्चालन वापतकाे राेयल्टी तिरेका थिएन। तर चालु आर्थिक वर्षको ६ महिनामा ६५ कराेड रूपैयाँ बक्यौता विभागले उठाएको छ।


प्रकाशित : सोमबार, माघ २४ २०७८०९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend