शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

बुधबार, वैशाख १७ २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २५ रुपैयाँ, गोलभेँडा सानो (तराई) ४५ रुपैयाँ, आलु रातो ३६ रुपैयाँ, आलु रातो (भारतीय) ३२ रुपैयाँ, प्याज सुकेको (भारतीय) ३८ रुपैयाँ, गाजर (लोकल) ४० रुपैयाँ, गाजर (तराई) २५ रुपैयाँ, बन्दा (लोकल) १५ रुपैयाँ, बन्दा (नरिवल) २० रुपैयाँ, काउली (स्थानीय) ३० रुपैयाँ, मूला रातो ४५ रुपैयाँ, मूला सेतो (लोकल) २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ र तने बोडी ८० रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, मटरकोसा १२० रुपैयाँ, घिउ सिमी (लोकल) ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ८० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, भटमास कोसा १५० रुपैयाँ, तितो करेला ४० रुपैयाँ, लौका २५ रुपैयाँ, परबर (लोकल) तथा (तराई) दुबै ७० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ४० रुपैयाँ, झिगुनी ८० रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, हरियो फर्सी (लाम्चो/डल्लो) ३०/३० रुपैयाँ, सलगम ८० रुपैयाँ र भिण्डी ५० रुपैयाँ तोकिएको छ।

यस्तै, सखरखण्ड ६० रुपैयाँ, बरेला ५० रुपैयाँ, पिँडालु ९० रुपैयाँ, स्कूस ५० रुपैयाँ, रायो साग ७० रुपैयाँ, पालुङ्गो साग १३० रुपैयाँ, चमसुरको साग १३० रुपैयाँ, तोरीको साग ३५ रुपैयाँ, मेथीको साग १३० रुपैयाँ, प्याज हरियो ५० रुपैयाँ, बकुला ५० रुपैयाँ, तरुल १०० रुपैयाँ, च्याउ (कन्य) २५० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ र कुरिलो ६०० रुपैयाँ निर्धारण गरिएको छ।

निगुरो ५० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, सजीवन १०० रुपैयाँ, कोइरालो २५० रुपैयाँ, रातो बन्दा ६५ रुपैयाँ, जिरीको साग ६५ रुपैयाँ, ग्याठकोभी ६० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पार्सले ३०० रुपैयाँ, सौफको साग १२० रुपैयाँ, पुदिना २५० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, इमली १७० रुपैयाँ, तामा १०० रुपैयाँ, तोफु १४० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ निर्धारण गरिएको छ।

फलफूलतर्फ, स्याउ (झोले) २५० रुपैयाँ, स्याउ (फूजी) ३५० रुपैयाँ, केरा (दर्जन) १६० रुपैयाँ, कागती ३०० रुपैयाँ, अनार ३५० रुपैयाँ, अङ्गुर (हरियो) २०० रुपैयाँ, अङ्गुर (कालो) २५० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, तरबुजा हरियो ५० रुपैयाँ, मौसम २०० रुपैयाँ, जुनार २०० रुपैयाँ, भुइँकटहर (प्रतिगोटा) २०० रुपैयाँ, काँक्रो (लोकल) ८० रुपैयाँ, काँक्रो (हाइब्रिड) ४० रुपैयाँ, रुख कटहर १०० रुपैयाँ, निबुवा ५० रुपैयाँ, नासपाती (चाइनिज) २६० रुपैयाँ, मेवा (नेपाली) ५० रुपैयाँ, मेवा (भारतीय) १२० रुपैयाँ, अम्बा १२० रुपैयाँ, लप्सी ८० रुपैयाँ, उखु (प्रतिगोटा) ९० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसेलु) २५० रुपैयाँ, किबी ४५० रुपैयाँ, आभोकाडो ६५० रुपैयाँ र अमला १०० रुपैयाँ रहेको छ।

त्यसैगरी, अदुवा १३० रुपैयाँ, खुर्सानी सुकेको ४२० रुपैयाँ, खुर्सानी हरियो ७० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) ८० रुपैयाँ, खुर्सानी हरियो (माछे) ७० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) ४५० रुपैयाँ, भेडे खुर्सानी ७५ रुपैयाँ, लसुन हरियो ८० रुपैयाँ, हरियो धनिया १५० रुपैयाँ, लसुन सुकेको (चाइनिज) ३२० रुपैयाँ, लसुन सुकेको (नेपाली) ३०० रुपैयाँ, ताजा माछा (रहु) ३२० रुपैयाँ, ताजा माछा (बचुवा) २६० रुपैयाँ, ताजा माछा (छडी) २४० रुपैयाँ, रुख टमाटर १६० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँमा निर्धारण गरिएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख १७ २०८२०९:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend