बिहीबार , वैशाख १८ गते २०८२    
बिहीबार , वैशाख १८ २०८२
images
images

कृषि बाटो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध मुद्दा

images
मंगलबार, वैशाख १६ २०८२
images
कृषि बाटो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध मुद्दा

सर्लाहीको धनकौल गाउँपालिकाको कृषि बाटो निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिकाको कृषि बाटो निर्माणका क्रममा भ्रष्टाचार भएको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

images
images
images

कृषि बाटो निर्माण कार्यमा प्राविधिक लागत अनुमानविपरीत गएर अनियमितता गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचाैँ मोहम्मद रफिक, सबइञ्जिनियर शशिञ्जनकुमार सिंहविरुद्ध सात लाख ७९ हजार २ सय ५ रूपैयाँ बराबरको बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

images
images

आयोगद्वारा धनकौल गाउँपालिकाका लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह, कोषाध्यक्ष सुरतिया कुमारी, वडा नं ६ का वडाअध्यक्ष श्यामबाबु साहविरुद्ध पनि समान बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। रासस

images
images


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend