शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

९ महिनामा सप्तरीमा १३ वटा पुल निर्माण, कहाँ-कहाँ बने?

images
शुक्रबार, वैशाख १२ २०८२
images
९ महिनामा सप्तरीमा  १३ वटा पुल निर्माण, कहाँ-कहाँ बने?

निर्माण सम्पन्न भएका पुलको ‘लोड टेस्ट’ हुन बाँकी छ।

images
images

सप्तरी- चालु आर्थिक वर्षको ९ महिनामा सप्तरीमा ६ वटा पुल निर्माण भएका छन् भने निर्माणाधीन ७ पुलको काम अन्तिम चरणमा पुगेको छ। लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णका अनुसार निर्माण सम्पन्न भएका पुलको ‘लोड टेस्ट’ हुन बाँकी छ।

images
images
images

सप्तरीमा सडक सञ्जाल विस्तार गर्न पुल निर्माण तीव्रगतिमा भइरहेको छ। शम्भुनाथ नगरपालिका-११ देवधारमा ६ करोड ५७ लाख ८२ हजार रुपैयाँ, छिन्नमस्ता गाउँपालिका घोडदह नदीमा १ करोड ९१ लाख ९२ हजार रुपैयाँ लागतमा पुल निर्माण भएका छन्।

images
images

यसैगरी, कनकटा-९ र बेल्ही-५ जोडिने सडकमा पर्ने मुत्तनी खोलामा ४ करोड ४ लाख ५४ हजार रुपैयाँ लागतमा पुल निर्माण गरिएको छ।राजविराज-छिन्नमस्ता सडकबाट बेल्हा-६ र ५ भएर बग्ने सप्तरीको घोडदह खोलामा ४ करोड ८५ लाख ६३ हजार रुपैयाँ खर्चेर पुल बनाइएको छ।

images
images

छिन्नमस्ता गाउँपालिका-५ राजविराज-छिन्नमस्ता सडकअन्तर्गत खिरखौका नदीमा पनि पुल निर्माण सम्पन्न भएको छ। यो ५ करोड ४२ लाख २० हजार रुपैयाँ लागतमा सम्पन्न भएको हो। राजविराज-कुनौली सडकमा पर्ने महुली घाडन खोलामा ६ करोड १३ लाख ५४ हजार रुपैयाँ लागतमा पुल निर्माण भएको डिभिजन कार्यालय प्रमुख कर्णले बताए।

सप्तरीमा निर्माणाधीन पुलमध्ये ७ वटाको काम अन्तिम चरणमा पुगेको छ। छिन्नमस्ता गाउँपालिका-१ ललापट्टी-बुटनपोखरी भलवाही पुल ३ करोड ७३ लाख ८२ हजार रुपैयाँ लागतमा ९७ प्रतिशत सम्पन्न भएको छ। यस्तै सोही निर्माण कम्पनीले ३ करोड ६२ लाख ७४ हजारको लागतमा विसहरिया-१ स्थित भलवाही खोलामाथि बनाइरहेको पुलको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयका इञ्जिनियर सुरेन्द्र दासले जानकारी दिए।

त्यस्तै रुपनी गाउँपालिका-६ दुधैला खोलामा नयाँ बस्ती नजिकै ६ करोड ५३ लाख ७५ हजार रुपैयाँ लागतमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सकिएको छ। फकहा-बरदहीको बीच मुत्तनी नदीमा पनि पुल निर्माण धमाधम भइरहेको छ। उक्त पुलको वित्तीय प्रगति ८३.५८ प्रतिशत छ भने भौतिक प्रगति ८५ प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

त्यसैगरी, रुपनी गाउँपालिका-६ दुधैला खोला पुलको भौतिक प्रगति ९० प्रतिशत भएको छ। उक्त पुल ९ करोड ७५ लाख ९८ हजा रुपैयाँ लागतमा निर्माण भइरहेको हो। शम्भुनाथ नगरपालिका-९ भएर बग्ने भवररा नदीमा ४ करोड ७५ लाख ३१ हजारको लागतमा निर्माणाधीन पुलको भौतिक प्रगति ८२ प्रतिशत छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend