काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न सागसब्जी तथा फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ४० रुपैयाँमा तोकिएको छ भने भारतीय ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ छ। त्यस्तै, सानो लोकल गोलभेँडा २५ रुपैयाँ र तराईमा उत्पादन भएको सानो गोलभेँडा २० रुपैयाँ प्रतिकिलोमा उपलब्ध छ।
आलु रातोको मूल्य नेपाली उत्पादनका लागि ३३ रुपैयाँ र भारतीयका लागि ३४ रुपैयाँ तोकिएको छ। प्याज (भारतीय) सुकेको ३८ रुपैयाँ, गाजर (लोकल) ३५ रुपैयाँ र तराईको गाजर २० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ। स्थानीय बन्दा १५ रुपैयाँ, नरिवल बन्दा २० रुपैयाँ, काउली ३० रुपैयाँ, रातो मूला ४५ रुपैयाँ, सेतो लोकल मूला २० रुपैयाँ र हाइब्रिड मूला ३० रुपैयाँमा बिक्री भइरहेको छ।
भन्टा लाम्चो र डल्लो दुबैको मूल्य ३० रुपैयाँ प्रतिकिलो रहेको छ भने तने बोडी, मटरकोसा, घिउ सिमी (लोकल तथा हाइब्रिड), र टाटे सिमी सबैको मूल्य ९० रुपैयाँ निर्धारण गरिएको छ। भटमास कोसा २०० रुपैयाँ, तितो करेला ४० रुपैयाँ, लौका २५ रुपैयाँ, परबर (लोकल तथा तराई) ८० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ४० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ र हरियो फर्सी (लाम्चो र डल्लो) दुबैको मूल्य ३० रुपैयाँ कायम गरिएको छ।
भिण्डी, सलगम, ब्रकाउली, चुकुन्दर लगायतका तरकारीको मूल्य ६० रुपैयाँ तोकिएको छ भने सखरखण्ड, स्कूस, बरेला, रायो साग, पालुङ्गो साग, चमसुर, तोरी साग र प्याज हरियो ५० देखि ७० रुपैयाँको बीचमा बिक्री भइरहेको छ। मेथी साग, तरुल, च्याउ (कन्य), कुरिलो, र गुन्द्रुक क्रमशः ९०, १००, २००, ६०० र ३५० रुपैयाँ प्रतिकिलोमा बिक्रीमा छन्।
फलफूलतर्फ, स्याउ (झोले) २५० रुपैयाँ र स्याउ (फूजी) ३५० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ। केरा प्रतिदर्जन १६० रुपैयाँ, कागती ३०० रुपैयाँ, अनार ३५० रुपैयाँ, अङ्गुर (हरियो) २०० र (कालो) २५० रुपैयाँमा उपलब्ध छन्। भारतीय सुन्तला १४०, तरबुजा ७०, मौसम र जुनार २००, काँक्रो (लोकल) ८० र हाइब्रिड ३०, तथा रुख कटहर १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेका छन्।
अन्य फलफूलहरूमा नासपाती (चाइनिज) २६०, नेपाली मेवा ५०, भारतीय मेवा १२०, अम्बा १२०, लप्सी ८०, उखु प्रतिगोटा ९०, स्ट्रबेरी २५०, किबी ४५०, आभोकाडो ६५० र अमला १०० रुपैयाँमा तोकिएको छ।
मसला तथा अन्य वस्तुहरूमा अदुवा १३० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ, हरियो खुर्सानी ६० देखि ८० रुपैयाँसम्म, अकबरे खुर्सानी ४०० रुपैयाँ, हरियो धनिया १०० रुपैयाँ, लसुन (हरियो) ९०, लसुन (चाइनिज सुकेको) ३२० र नेपाली सुकेको लसुन ३०० रुपैयाँमा बिक्रीमा छ।
त्यस्तै, ताजा माछा (रहु) ३२०, (बचुवा) २६०, (छडी) २४० रुपैयाँ प्रतिकिलोमा उपलब्ध छन् भने रुख टमाटर १६०, राजा च्याउ ३०० र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको छ।
समितिका अनुसार आजको मूल्य दैनिक रूपमा उत्पादन, आपूर्ति र बजारको अवस्थाअनुसार परिवर्तन हुन सक्ने उल्लेख गरिएको छ।
रासस