बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

एमसीसीबारे निचोड निकाल्न देउवा, ओली र दाहालबीच छलफल सुरु

images
आइतबार, माघ २३ २०७८
images
images
एमसीसीबारे निचोड निकाल्न देउवा, ओली र दाहालबीच छलफल सुरु
images
images

काठमाडौं- अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनको विषयमा निचोड निकाल्न प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको बैठक सुरू भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित बैठक बसिरहेको हो।

images
images

प्रधानमन्त्रीबाट बाहिरिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार गएका हुन्। एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपाललाई पत्र लेख्दै फागुन १६ भित्र अनुमोदन नभए सम्झौता खारेज हुने चेतावनी दिएपछि राजनैतिक तरंग सुरु भएको हो। 

images
images

नेतात्रयबीचको छलफलले एमसीसीको विषयमा केही निचोड निकाल्न सक्ने आँकलन गरिएको छ। ओली र देउवा एमसीसी पास गर्ने पक्षमा रहेका छन् भने दाहाल अझै पनि दोधारे अवस्थामा रहेका छन्। 

images
images

संसदबाट अनुमोदन गर्नुअघि संशोधन गर्ने विकल्पमा सत्ता गठबन्धनभित्र र विपक्षीबीच बहस चलिरहेका बेला एमसीसीकी उपाध्यक्ष सुमारले गत शुक्रबार प्रधानमन्त्री शेरबहादुुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधु मरासिनीलाई पत्र लेख्दै फागुन १६ भित्र अनुमोदन नगरे नेपालले विविध कठिनाइ व्यहोर्ने चेतावनीसमेत दिएकी छिन्। 

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते भएको सम्झौता संसदबाट अनुमोदन नभएका कारण कार्यान्वयन हुन सकेको छैन। एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर बराबरको पाँच वर्षे अनुदान दिनेछ। त्यसमार्फत ३ सय किलोमिटर लामो प्रसारण लाइन र सडक स्तरोन्नतीको काम हुनेछ।


प्रकाशित : आइतबार, माघ २३ २०७८१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend