आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युतमन्त्री नेपाल आउँदै, सबस्टेसन उद्घाटनदेखि बाँधक्षेत्रको अवलोकनसम्मका कार्यक्रम

images
आइतबार, वैशाख ७ २०८२
images
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युतमन्त्री नेपाल आउँदै, सबस्टेसन उद्घाटनदेखि बाँधक्षेत्रको अवलोकनसम्मका कार्यक्रम

भारतका विद्युतमन्त्रीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन्। 

images
images
images

गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेसँगै उनी बैशाख ९ गते मंगलबार बिहान दुईदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्।

images
images

ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युतमन्त्री खट्टरले बैशाख ९ गते दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाईनअन्तर्गत ईनरुवा-बसन्तपुर-बानेश्वर-तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसनको संयुक्तरुपमा संखुवासभाको तुम्लिङटार सबस्टेसन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

images
images

उनले सोहीदिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्नेछन्। सोहीदिन दुई देशले संयुक्त रुपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ।

बैशाख १० गते भारतका विद्युतमन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ। सोहीदिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

विद्युतमन्त्री खट्टरले सोहीदिन साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२१४:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend