आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

बैंकहरूको वित्तीय अवस्था थप धरासायी, सक्षम गभर्नर नआए बैंकिङ प्रणाली जोगाउन कठिन

images
आइतबार, वैशाख ७ २०८२
images
बैंकहरूको वित्तीय अवस्था थप धरासायी, सक्षम गभर्नर नआए बैंकिङ प्रणाली जोगाउन कठिन
images
images

काठमाडौं- बैंकहरुको वित्तीय स्थिति थप नाजुक बन्दै गएको छ। चालु आर्थिक वर्षको ९ महिनाको वितरण सार्वजनिक गर्दै विगतमा राम्रा ठानिएका बैंकहरुको वित्तीय अवस्था थप बिग्रिँदै गएको छ। अधिकांश बैंकहरुको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ। 

images
images
images

कामयमुकाय गभर्नर ढुंगानाले कर्जा एभरग्रिनिङमा आँखा चिम्लिदिएकाले केही बैंकहरुले यसको उपयोग गरी आफ्नो खुद नाफा र वितरणयोग्य नाफामा सुधार गर्न सफल भएपनि अधिकांश बैंकहरुको वित्तीयस्थिति अझै खराब हुँदै गएको छ। 

images
images

नेपाल बैंकले २ अर्ब ७८ अर्ब खुद नाफा देखाए पनि खराब कर्जा भने ५.४५ प्रतिशत पुगेको छ। ग्लोवल आइएमई बैंकले ४ अर्ब ५३ करोड खुद नाफा गर्दै ३ अर्ब ४५ करोड वितरणयोग्य नाफा निकाल्न सफल भएपनि खराब कर्जा बढेर ४.९८ प्रतिशत पुगेको छ। 

images
images

यस्तै नेपाल इन्भर्ष्टमेन्ट बैंकले ४ अर्ब ५४ करोड खुद नाफा गर्दै वितरणयोग्य घाटा १ अर्ब १० करोडमा सीमित गरेपनि खराब कर्जा बढेर ६.०६ प्रतिशतमा पुगेको छ। 

लक्ष्मीसनराइज बैंकले १ अर्ब ६५ करोड खुद नाफा गरे पनि खराब कर्जा ५.८६ प्रतिशत पुगेको छ। प्राइम कमर्सियल बैंकको खराब कर्जा बढ्दा नाफामा नै घटेको छ। गत वर्षको चैत मसान्तसम्मा २ अर्ब ८७ करोड खुद नाफा गरेको यस बैंकको चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २२ करोडमा सीमित भएको छ। यस्तै खराब कर्जा बढेर ५.६५ प्रतिशत पुगेको छ। 

स्टाण्डर्ड चार्टर्ड बैंकले भने अर्थतन्त्रमा समस्या देखिदा अब्बल वित्तीय विवतरण प्रस्तुत गर्दै उच्च लाभांश दिइरहेको छ। यस वर्ष पनि सोहीक्रमलाई निरन्तरता दिएको छ। खुद नाफामा केही कमी देखिएपनि खराब कर्जा २.१४ प्रतिशतबाट घटाएर १.४४ प्रतिशतम सिमित गर्न सफल भएको छ। ब्याजदरमा आएको कमीले बैंकको नाफामा कमी आएपनि वितरणयोग्य नाफा १ अर्ब ४७ करोड रुपैयाँ गर्न सफल भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मा एभरेष्ट बैंकले पनि करिब ३२.५ प्रतिशतले नाफा बढाउँदै ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकले खराब कर्जा ०.७० प्रतिशतबाट घटाएर ०.६४ प्रतिशत कायम भएको छ भने बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.८१ प्रतिशत कायम गरेको छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६७ करोड रुपैयाँ कायम गर्न सफल भएको छ।

कर्जा प्रवाह तथा ऋण असुलीमा निकै अनुशासन मानिने नेपाल एसबीआई बैंकको समेत खराब कर्जा करिब दोब्बरले बढेर ४.०६ प्रतिशत पुगेको छ। सिटिजन्स बैंकको खराब कर्जा बढेर ५.७१ प्रतिशतमा आएको छ भने खुद नाफा २०.६२ प्रतिशतले घटेको छ। 

कुमारी बैंक र हिमालयन बैंकको अवस्था थप खराब हुँदै गएको छ। कुमारी खराब कर्जा ६.९८ प्रतिशत, प्राथमिक पुँजीकोष अनुपात ७.३१ प्रतिशत र वितरणयोग्य घाटा ६ अर्ब ५० करोड पुगेको छ। हिमालयन बैंकको कथा योभन्दा दर्दनाक बन्दै गएको छ। चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ५० करोडमा सिमित भएको छ। यस अवधिमा बैंकको वितरणयोग्य घाटा ७ अर्ब ३६ करोडमा पुगिसकेो छ।

जसको असर बैंकको प्राथमिक पुँजीकोष अनुपात र पुँजीकोष पर्याप्ता अनुपातमा परिसकेको छ। वितरणयोग्य घाटाका कारण विगत दुई वर्षसम्म लाभांश वितरण गर्न नसकेको यो बैंक क्यापिटल चार्ज थप दबाबमा परेको छ। यस अवधिमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ८ प्रतिशत र पुँजीकोष पर्याप्ता अनुपात १०.८४ प्रतिशतमा आएको छ। 

नविल बैंकले सबैभन्दा बढी खुद नाफा ५ अर्ब ५ करोड रुपैयाँ गर्न सफल भएपनि खराब कर्जा तिब्ररुपमा बढिरहेको छ। यस त्रैमासमा नविल बैंकको खराब कर्जा ४.९६ प्रतिशत पुगेको छ भने प्राथमिक पुँजीकोष अनुपातमाथिको दबाब कायमै छ।

सिद्धार्थ बैंकको नाफामा कमी आएको छ भने खराब कर्जा झन्डै दोब्बरले बढेर ४.०४ प्रतिशत पुगेको छ। केहीलाई छोडेर अधिकांश बैंकहरुको  वित्तियस्थिति यसरी जर्जर भइरहेको समयमा सरकारले हालसम्म गभर्नर नियुक्ति गर्न सकेको छैन। भागवन्डा नमिलेको भन्दै योग्य व्यक्तिलाई पन्छाउने र राष्ट्र बैंक ऐन विपरितका काम गर्ने प्रवृत्ति बढ्दै गएको छ। 

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गत चैत २४ गते सकिएको छ। गभर्नरको कार्यकाल सकिनुभन्दा १ महिना अगाडी नै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने राष्ट्र बैंक ऐनले व्यवस्था गरेपनि सरकारले गभर्नर नियुक्तिमा ढिलाई गरिरहेको छ। सरकारले राष्ट्र बैंकको दैनिक गतिविधि मात्रै सञ्चालन गर्नसक्ने कामु गभर्नरको भरमा मुलुकको वित्तीय प्रणाली सञ्चालन भइरहेको छ।

कायममुकाय गभर्नर ढुंगानाले बैंक वित्तीय संस्थाको वित्तीय अवस्था सुधार गर्ने भन्दा पनि भविष्यमा बैंकहरुलाई बोझ बन्ने नीतिहरु लिइरहेकी छन्। 

गभर्नर नियुक्तिमा सहजीकरण गर्नुका सट्टा उनले विभिन्न बाहानाबाजीमा गरेर राष्ट्र बैंकभित्र अशिष्ट व्यवहार प्रस्तुती गरिरहेकी छन्। कामु गभर्नर ढंगानाले गभर्नरकै रुपमा कतिपय निर्णय लिँदासमेत सरकार मौन छ।

नेपाली कांग्रेस र एमालेबीच गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएपनि ढुंगानाले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन्। बरु उनीसमेतको उक्सावटमा राजीनामा दिएकै आधारमा भट्ट विरुद्ध सर्वोच्च अदालतमा पुरक रिट दर्ता गराउने काम भएको छ। जुन प्रारम्भिकरुपमा नै गतल भएपनि सर्वोच्चले आइतबार सुनवाईको तयारी गरेको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२०८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend