शनिबार, साउन ३ गते २०८२    
शनिबार, साउन ३ २०८२
images
images

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास

images
शनिबार, वैशाख ६ २०८२
images
images
मोरङको सुन्दरहरैँचास्थित पञ्चायत माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास

यस विद्यालयमा लगभग ७ सय ५० विद्यार्थीहरू छन् जसमध्ये ६० प्रतिशत छात्राहरू रहेका छन्।

images

काठमाडौं- मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको लागि शिलान्यास गरिएको छ।

images
images

कोशी प्रदेशका माननीय सामाजिक विकासमन्त्री पाँचकर्ण राई, मोरङको सुन्दरहरैँचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईँ र काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले शुक्रबार संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

images
images

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ८१ लाख रूपैयाँ परियोजना लागतमा उक्त विद्यालयको भवन निर्माण भइरहेको छ।

images
images
images

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान तीन तले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदैछ। यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रूपमा लिइएको छ र मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिकामार्फत कार्यान्वयन गरिँदैछ।

श्री पञ्चायत माध्यमिक विद्यालय सन् १९६५ मा स्थापना भएको थियो। यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिएको छ। यस विद्यालयमा लगभग ७ सय ५० विद्यार्थीहरू छन् जसमध्ये ६० प्रतिशत छात्राहरू रहेका छन्।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५ सय ७३ भन्दा बढी एचआईसीडीपीहरुमा कार्य गरेको छ र ४ सय ९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ। यी मध्ये ९१ वटा परियोजनाहरू कोशी प्रदेशमा छन् जसमा मोरङमा १६ वटा परियोजनाहरू रहेका छन्।


प्रकाशित : शनिबार, वैशाख ६ २०८२१८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend