शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

कालीकोटमा नेपाली हाते कागज उद्योग सञ्चालनमा

images
शनिबार, वैशाख ६ २०८२
images
कालीकोटमा नेपाली हाते कागज उद्योग सञ्चालनमा
फाइल तस्बिर

उद्योग सञ्चालनपछि स्थानीय समुदायलाई कागज उत्पादनमा दक्षता प्राप्त गर्न मद्दत पुर्‍याउने गाउँपालिकाको लक्ष्य रहेको छ।

images
images

मान्म- कालीकोटको पचालझरना गाउँपालिकामा नेपाली हाते कागज उद्योग सञ्चालनमा आएको छ।

images
images
images

गाउँपालिकाको उद्योग विकास शाखाको आर्थिक सहयोगमा पचालभरना गाउँपालिका-७ को समन्वय तथा पोखरा भ्याली टेक्निकल टेनिङ इन्स्टिच्युट पोखराको प्राविधिक सहयोगमा नेपाली हाते कागजको उद्योग सञ्चालन गरिएको हो।

images
images

उद्योग सञ्चालनपछि स्थानीय समुदायलाई कागज उत्पादनमा दक्षता प्राप्त गर्न मद्दत पुर्‍याउने गाउँपालिकाको लक्ष्य रहेको छ।

images
images

नेपाली हाते कागजको उत्पादनले वातावरणीय दृष्टिले पनि योगदान पुर्‍याउने भएकाले यसले सामुदायस्तरमा दिगो विकासमा मद्दत पुर्‍याउने विश्वास लिएको गाउँपालिका उद्योग विकास शाखा प्रमुख नेत्रराज शाहीले बताए।

'स्थानीयलाई हाते कागज उत्पादन गरेर रोजगारमूलक काममा लगाउने लक्ष्य राखिएको छ', उनले भने, 'यहाँ उत्पादन भएको कागजलाई यहीको सरकारी कार्यालयमा खपत तथा बिक्री गर्ने उद्देश्य छ।'

कागजको उत्पादन प्रक्रिया सुरु भएपछि स्थानीय व्यावसायिक गतिविधिमा वृद्धि र युवालाई स्वरोजगारको अवसर उपलब्ध गराउने प्रशिक्षक रजबहादुर शाहीले बताए। रासस


प्रकाशित : शनिबार, वैशाख ६ २०८२१५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend