शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

पर्यटकीय स्थल तास्नाधुरी जोड्न पदमार्ग निर्माण

images
शनिबार, वैशाख ६ २०८२
images
पर्यटकीय स्थल तास्नाधुरी जोड्न पदमार्ग निर्माण

गुर्जा आउने पर्यटकको बसाई लम्बाउन तास्ना धुरीलाई सहायक गन्तव्यको रुपमा विकास गर्नका लागि पदमार्ग निर्माण थालिएको हो।

images
images

म्याग्दी- म्याग्दीको धवलागिरी गाउँपालिका-१ गुर्जामा रहेको पर्यटकीय स्थल तास्ना धुरी जोड्ने पदमार्ग निर्माण थालिएको छ। गुर्जा आउने पर्यटकको बसाई लम्बाउन तास्ना धुरीलाई सहायक गन्तव्यको रुपमा विकास गर्नका लागि पदमार्ग निर्माण थालिएको हो।

images
images
images

धवलागिरी गाउँपालिका-१ गुर्जाका वडा सदस्य गुनराम छन्त्यालले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको १० लाख रूपैयाँ बजेटबाट पदमार्ग निर्माण थालिएको बताए।

images
images

बीस जना बेरोजगार युवा युवती परिचालन गरेर करिब दुई किलोमिटर पदमार्ग निर्माण गरिएको छ। गोठला र स्थानीयबासीले घाँस, दाउरा गर्न तास्ना धुरी जान आउन प्रयोग गरेको परम्परागत बाटोलाई स्तरोन्नति गरेर पदमार्ग बनाउन लागिएको हो। माटो काट्ने र ढुंगाको सिढी चिनेर पदमार्ग बनाउन लागिएको उपभोक्ता समितिका अध्यक्ष तुलसी छन्त्यालले बताए।

images
images

समुद्री सतहदेखि दुई हजार ७०० मिटर उचाइमा रहेको गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायका मात्र २५० घरपरिवारको बसोबास छ। गुर्जादेखि एक घण्टा ३० मिनेट उकालोमा पैदलयात्रा गरेपछि तास्ना धुरी पुगिन्छ।

धवलागिरी गाउँपालिका-१ का वडा अध्यक्ष झकबहादुर छन्त्यालले समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको तास्ना धुरीबाट गुर्जा, धौलागिरि र अन्नपूर्ण हिमाललाई नजिकैबाट नियाल्न सकिने बताए।

'छन्त्याल संस्कृति, रहनसहन र जिवनशैलीमा रमाउन गुर्जा आउने पर्यटकको बसाइ लम्बाउन हिमाल, यार्सागुम्बा पाइने बुकी पाटन र सुर्योदय अवलोकन गर्न सकिने तास्नाधुरीलाई सहायक गन्तव्यको रूपमा विकास गर्न लागिएको हो,' उनले भने, 'पहाडको फेदीमा रहेको गुर्जाबाट डाडाले छेक्ने भएकाले हिमाल देखिँदैन। दृष्य अवलोकनका लागि पर्यटकलाई तास्ना उकाल्न सकेमा बसाइ लम्बाउन सकिन्छ।'

गुजमुज्ज परेका परम्परागत शैलीका घर, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा। ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको ठूलो बस्ती हो। यो छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल हो।

विचित्रका हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संस्कृतिले भरिपूर्ण गुर्जा गाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ। बिखला, चिराइतो, सतुवा, जटामसी, कुट्की, वनलसुनलगायतका जडीबुटी र दुर्लभ मानिएको कार्ज स्टोन (सेतो ढुंगो)को खानी रहेको गुर्जा गाउँको प्राकृतिक सुन्दरता, जैविक विविधता, सामाजिक मूल्यमान्यता र पर्यावरणीय शुद्धता पर्यटकका आकर्षण हुन्।

गुर्जादेखि ढोरपाटन, गुर्जा, पुथा, चुरेन हिमालको आधार, डोल्पा र पूर्वी रुकुम जान सकिन्छ। रासस


प्रकाशित : शनिबार, वैशाख ६ २०८२१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend