काठमाडौं- हाल देभभर स्थानीय वायु र पश्चिमी वायुको मुख्य प्रभाव छ। भारतको बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव पनि रहेको छ।
त्यसको प्रभावले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका भूभागहरूमा वर्षा भइरहेको छ। बिहानैदेखि काठमाडौंमा पनि वर्षा भइरहेको छ।मौसमविदकम अनुसार शनिबार दिउँसो देशभरि आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।
कोशी प्रदेश लगायत पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै उच्च पहाडी र हिमाली भूभागमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र कर्णाली प्रदेशका एक-दुई स्थानहरू हल्का वर्षा हुने सम्भावना छ।