शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

लामखुट्टे धपाउन बालेको घुराले आगलागी हुँदा ६० लाख बराबरको क्षति

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ५ २०८२
images
लामखुट्टे धपाउन बालेको घुराले आगलागी हुँदा ६० लाख बराबरको क्षति

स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख रुपैयाँबराबरको क्षति भएको उनले जानकारी दिए।

images
images

सुनसरी- सुनसरीको कोशी गाउँपालिका-६ मा बिहीबार आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

images
images
images

गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको थियो। जसमा ६० लाख रुपैयाँबराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताए।

images
images

स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख रुपैयाँबराबरको क्षति भएको उनले जानकारी दिए। 

images
images

आगलागीमा स्थानीय बाबुनन्द गोइतको एक लाख रुपैयाँ नगद नै जलेर नष्ट भएको छ। त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए। 

स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख ५ २०८२११:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend