शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

काठमाडौं महानगरले हटायो कवाडी संकलन केन्द्र

images
बिहीबार , वैशाख ४ २०८२
images
काठमाडौं महानगरले हटायो कवाडी संकलन केन्द्र

कामपा-३२ मा पर्ने उक्त कवाडी संकलन केन्द्र हटाउनको लागि ६ वटा टोल सुधार समिति र स्थानीयले कामपामा उजुरी गरेपछि हटाइएको हो।

images
images

काठमाडौं- यसअघि पटकपटक दिएको आग्रह नमानेपछि काठमाडौं महानगरपालिकाले कवाडी संकलन केन्द्रमा डोजर चलाएर हटाएको छ।

images
images
images

कामपा-३२ मा पर्ने उक्त कवाडी संकलन केन्द्र हटाउनको लागि ६ वटा टोल सुधार समिति र स्थानीयले कामपामा उजुरी गरेपछि उक्त केन्द्रमा आज डोजर लगाइएको कामपा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिए।

images
images

उपरीक्षक अर्यालका अनुसार कामपा नगर प्रहरीले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेको तीनवटा कवाडी संकलन केन्द्र हटाएर हो। 'आवास क्षेत्रमा पर्ने उक्त केन्द्र हटाउनका लागि कामपाले पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो', उपरीक्षक अर्यालले भने।

images
images

उक्त स्थानमा डोजर लगाएर भत्काएको विरोधमा कवाडी संकलन केन्द्रका दुई मजदुरहरुले डोजरलाई ढुंगामुढा गरेका थिए।

ढुंगामुढा गर्नेलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए। स्थानीयले बालबालिको पठनपाठन बिग्रिएको, सामाजिक असुरक्षा भएको भन्दै उक्त केन्द्र हटाउन आग्रह गर्दै आएका थिए। रासस


प्रकाशित : बिहीबार , वैशाख ४ २०८२१५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend