बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

सिटिजन्स बैंकद्वारा रक्षा नेपाललाई सहयोग प्रदान

मंगलबार, वैशाख २ २०८२
सिटिजन्स बैंकद्वारा रक्षा नेपाललाई सहयोग प्रदान

बैंकले एक समारोहका बीच रक्षा नेपाललाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र स्यानिटरी प्याड सहयोग गरेको हो।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रक्षा नेपाललाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र स्यानिटरी प्याड सहयोग प्रदान गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यौन शोषणमा परेका बालिका र महिला, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाका लागि काम गर्दै आएको उक्त संस्थालाई बैंकले सहयोग गरेको हो।

बैंकले एक समारोहका बीच रक्षा नेपाललाई सामाग्रीहरु हस्तान्तरण गरेको हो। बैंकको यो सहयोगप्रति धन्यबाद ज्ञापन गर्दै उनीहरुले आगामी दिनमा पनि महिला र बालबालिकाको अधिकारको लागि कार्यहरु गर्दै जान हौसला मिलेको कुरा बताए।

समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाँउदा संस्थाको सञ्चालनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ।

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २ सय वटा शाखा, १ सय ६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


प्रकाशित : मंगलबार, वैशाख २ २०८२१४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend