शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

तीन करोडको लागतमा बालकुमारी मन्दिरको पुनर्निर्माण थालियो

images
आइतबार, चैत ३१ २०८१
images
तीन करोडको लागतमा बालकुमारी मन्दिरको पुनर्निर्माण थालियो

मन्दिर, सत्तल, पाटीलगायत संरचना निर्माणका लागि तयार पारिएको गुरुयोजनाअनुसार मन्दिर निर्माण सुरु भएपछि धार्मिक सम्पदा पुनर्निर्माणको काम पूरा गर्न महायज्ञ लगाइने भएको छ।

images
images

भक्तपुर- सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित बसिक्व टोलमा बालकुमारी माताको परम्परागत शैलीको मन्दिर निर्माण सुरु गरिएको छ। 

images
images
images

मन्दिर, सत्तल, पाटीलगायत संरचना निर्माणका लागि तयार पारिएको गुरुयोजनाअनुसार कुल तीन करोड ५० लाख रूपैयाँको लागत मन्दिर निर्माण सुरु भएपछि धार्मिक सम्पदा पुनर्निर्माणको काम पूरा गर्न महायज्ञ लगाइने भएको छ।

images
images

आज मन्दिर परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक ई श्रीराम चपलछें श्रेष्ठले मन्दिरको अधुरो काम पूरा गर्न महायज्ञको आयोजना गर्न लागेको बताए। परापूर्वकालमा रहेको लिच्छवीकालीन ढुंगेधारासहितको फल्चा, कुवा, पुरिएर लोप भएको अवस्थामा स्थानीय नागरिक स्वर्गीय चन्द्रलाल चपलछें श्रेष्ठको परिवारले २०७२ सालमा वर र पीपलको विवाहसमेत गराई ढुंगेधारालगायतको फल्चा, कुवा निर्माण गरेको उनले जानकारी दिए।

images
images

उक्त स्थानमा पर्खाल लगाएर शिवको मन्दिर आठ वटा खोपामा कुमार, गणेश, भीमसेन, दक्षिणकाली, दुर्गा, सरस्वती, विष्णु र विश्वकर्माको मूर्ति स्थापना गरी पूजा गरिँदै आएको छ। नेवारको आराध्यदेव बालकुमारी मन्दिर स्थापना गर्ने योजनाअनुरुप बालकुमारी मन्दिरको स्थापना गरी प्रत्येक वर्ष बैशाख १ गते बिस्केट जात्रामा बालकुमारीको रथ यात्रागरी मन्दिरमा परिक्रमा गर्दै आएको उनले जानकारी दिए।

बालकुमारी मन्दिरको पुनर्निर्माणका लागि नगरपालिकाबाट पहिलोपटक सात लाख ७५ हजार रूपैयाँ, बागमती प्रदेश सरकारबाट १५ लाख रूपैयाँ बजेट आएर दुई तलाको बालकुमारी सत्तल निर्माण जारी रहेको संयाजक श्रेष्ठले जानकारी दिए।

नगरपालिकाबाट आव २०७१/८० मा १४ लाख र आव २०८०/८१ मा २० लाख र आव २०८१/८२ मा २५ लाख रूपैयाँ नगरपालिकाबाट विनियोजन भएको र बागमती प्रदेश सरकारबाट थप १२ लाख रूपैयाँ विनियोजित गरी धार्मिक संरचना निर्माण भइरहेको छ। 

बालकुमारी माताको मन्दिरलगायत विभिन्न धार्मिक संरचनाको निर्माणका लागि कलात्मक काठ खरिद गर्न एक करोड ६६ लाख रूपैयाँ र पित्तलको छानो छाउन ७३ लाख रूपैयाँलगायत विभिन्न संरचना निर्माण सम्पन्न गर्न कुल तीन करोड ५८ लाख रूपैयाँको लागत लाग्ने परियोजनामा उल्लेख छ।

महायज्ञ सफल पार्न १५१ सदस्य रहेको ई श्रेष्ठको संयोजकत्वमा गठन भएको महायज्ञ आयोजक मूल समारोह समितिले आगामी बैशाख १९ गते शुक्रबारदेखि बैशाख २६ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागेको उनले बताए। 

महायज्ञबाट कुल दुई करोड ५० लाख रकम संकलन गर्ने लक्ष्य राखेको बताउँदै उनले महायज्ञ सम्पन्न भएपछि संकलित रकमबाट आउँदो एक वर्षभित्र मन्दिरका सबै संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा जानकारी दिए।

महायज्ञमा वृन्दावनबाट आमन्त्रण गरिएको अन्तर्राष्ट्रिय भागवत प्रवक्ता श्री श्री श्री १००८ महाण्डलेश्वर स्वामी श्री ईश्वर चैतन्यजी महाराजबाट कथा वाचन हुने समितिका रवि चपलछेँ श्रेष्ठले बताए। रासस


प्रकाशित : आइतबार, चैत ३१ २०८११३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend