पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ।
आज मध्याह्न १२:०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर मध्यरात १२:०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७:३० बजेदेखि आइतबार १२:०० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२:०० बजेसम्मका लागि बढाएको जानकारी दिए। रासस