शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

ओख्रेको सहिद गेट-हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति

images
आइतबार, चैत ३१ २०८१
images
ओख्रेको सहिद गेट-हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति

पिखुवा खोला-दलगाउँ-भुल्के-ओख्रे सडकअन्तर्गत सहिद गेटबाट हुर्वु भञ्ज्याङसम्म दुई दशमलव १६ किलोमिटर खण्ड स्तरोन्नति भइरहेको छ।

images
images

भोजपुर- जिल्लास्थित ओख्रेको सहिद गेट-हुर्वु भञ्ज्याङ सडकको स्तरोन्नति थालिएको छ। संघीय सरकारबाट प्राप्त तीन करोड ८८ लाख रूपैयाँ लागतमा सडक स्तरोन्नति थालिएको हो। 

images
images
images

पिखुवा खोला-दलगाउँ-भुल्के-ओख्रे सडकअन्तर्गत सहिद गेटबाट हुर्वु भञ्ज्याङसम्म दुई दशमलव १६ किलोमिटर खण्ड स्तरोन्नति भइरहेको छ।

images
images

सडकको मोड मिलाउने, सडक चौडा गर्ने, कजवे बनाउने, मेसिनरी पर्खाल लगाउने, जाली लगाउने ग्राभेल गर्ने काम भइरहेको निर्माण कम्पनी इष्ट बीएनले जनाएको छ। हालसम्म यो सडक निर्माणको काम ३० प्रतिशत हारहारी सम्पन्न भएको कम्पनीका सुपरभाइजर जीवन बुढाथोकीले जानकारी दिए। अबको एकदेखि दुई महिनाभित्र सम्पूर्ण काम सक्ने लक्ष्य रहेको उनको भनाइ छ।

images
images

पिखुवा खोला-दलगाउँ-भुल्के-ओख्रे-सहिद गेट-हुर्वु भञ्ज्याङ करिब १६ किलोमिटर सडकमध्ये सहिद गेट-हुर्व भञ्ज्याङ सडक निर्माण भइरहेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। गाउपालिकासँगै छिमेकी जिल्ला खोटाङलाई जोड्ने यो सडक निर्माणको काम प्राथमिकतासाथ अघि बढाइएको अध्यक्ष राईको भनाइ छ।

अध्यक्ष राईका अनुसार गाउँपालिकाको पहलमा लागतमा पहिलो खण्डको काम भइरहेको छ। धेरै पहलकदमीपछि केन्द्र सरकारबाट प्राप्त तीन करोड ८८ लाख रूपैयाँ लागतमा सडक स्तरोन्नति थालेका छौँ। उक्त सडकको अन्य दुई खण्डमा पनि यही वर्षमा स्तरोन्नतिको काम गरिने अध्यक्ष राईले बताए।

पिखुवा खोलादेखि पिखुवा कृषि फार्मसम्म २० लाख रूपैयाँ बजेट र अर्को खण्ड प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा दुई करोड पाँच लाख रूपैयाँ लागतमा स्तरोउन्नति गरिने अध्यक्ष राईले बताए।

हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे हुने सडकको स्तरोन्नति थालिएपछि स्थानीयवासी खुसी भएका छन्। सडक निर्माणको कामले उत्साह थपिएको स्थानीयवासी शेरबहादुर बानियाँले बताए। सडकको स्तरोन्नतिपछि स्थानीयको जनजीवनमा सहजता हुने उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, चैत ३१ २०८११०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend