काठमाडौं- पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठन गरिएको 'उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग'ले सरकारलाई दुग्ध प्रशोधनमा विदेशी लगानी खुला गर्न सुझाव दिएको छ।
दुग्ध प्रशोधन उद्योगमा विदेशी लगानी भित्र्याउन नहुने भन्दै व्यवसायीहरूले लामो समयदेखि विरोध गरिरहेका छन्। तर निजी क्षेत्रकै प्रतिनिधित्व रहेर बनेको आयोगले दुग्ध प्रशोधन उद्योगमा विदेशी लगानी भित्र्याउने सुझाव दिएको छ।
साथै खनाले आयोगले विदेशी लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ खारेज गर्दै वैदेशिक लगानी निषेध गरिएका क्षेत्रहरूसमेत घटाउन सुझाव दिएको छ।
यसैगरी आयोगले शोधनान्तर बचत बढाउन र नेपालको सम्भावनको क्षेत्रमा ढोका खोल्न वस्तु तथा सेवा निर्यात गरी पछिल्लो पाँच वर्षदेखि सञ्चालन रहेको उद्योगमा २० प्रतिशतसम्मको विदेशी लगानी स्वीकृति दिन सुझाव दिएको छ।