बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतबाट पक्राउ

बिहीबार , चैत २८ २०८१
तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतबाट पक्राउ

फरार रहेका दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्। गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके प्रसाईं भारतमा पक्राउ परेका हुन।

काठमाडौं- फरार रहेका दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्। गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके प्रसाईं भारतमा पक्राउ परेका हुन। उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ। 

तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए। त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो। यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए।

तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो। निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो। जसमा करोडौको क्षति भएको थियो। 

चैत १५ गते राजावादी समर्थक समूहले गरेको प्रदर्शनमा तीनकुने क्षेत्र आसपास आगजनी र तोडफोड गरेका थिए। उक्त घटनामा पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो। 


प्रकाशित : बिहीबार , चैत २८ २०८१२१:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend