बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग प्रदान

बिहीबार , चैत २८ २०८१
सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग प्रदान

अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरुप सामाग्रीहरु हस्तान्तरण गरेका हुन्।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कास्कीको पोखरा घारीपाटनमा रहेको हिमालय आँखा अस्पताललाई १० वेटिङ चेयर (कुर्सी) सहयोग प्रदान गरेकोछ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरुप सामाग्रीहरु हस्तान्तरण गरेका हुन्।

समारोमा प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सहयोगले अस्पतालमा आउने बिरामीहरू साथै आगन्तुकहरूको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे। स्वास्थ्य क्षेत्रको लागि सानै भए पनि सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको पनि बताए।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ।

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २ सय वटा शाखा, १ सय ६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ।


प्रकाशित : बिहीबार , चैत २८ २०८११८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend